शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’
कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन २१, २०८०
IMG_6646
बेनी । नेपाली कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’ संचालन भइरहेको छ । वडा ,पालिका,प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रव्यापी रुपमा ‘आन्तरिक विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय प्रतिनिधि किरणराज शर्मा पौडेलले उक्त अभियानबारे जानकारी गराउनुभएको थियो । दश दिन सम्म स‌ंचालन हुने अभियान अन्तर्गत वडाको वार्षिक ,पालिका,प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख) र जिल्लामा वार्षिक सम्मेलन,जिल्ला कार्यसमितिलाई पुर्णता,विभाग गठन ,भातृ र शुभेच्छुक संगठनलाई पुर्णता दिने लगायत कार्यक्रमहरु रहेका नेपाली कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौडेलले जानकारी दिनुभयो। वार्षिक कार्यतालिका अनुसार म्याग्दीमा यसअघि नै जिल्लाका केही वडा र पालिका बाहेकका अन्य वडा र पालिकाहरुमा सम्मेलन सम्पन्न भइसकेका छन् । कार्यक्रममा केन्द्रीय प्रतिनिधि तथा पुर्व वैकल्पिक केन्द्रीय सदस्य पौडेलले आगामी महिना भदौ १० गतेदेखि २४ गतेसम्म संचालन हुने ‘समुदायमा कांग्रेस’ सार्वजनिक अभियानको तयारी स्वरुप यो अभियान संचालन गर्ने परेको बताउनुभयो । अभियानबाट जिल्ला मातहतका सबै कार्यसमितिले पुर्णता पाउने तथा सबै तहमा बैठक र सम्मेलन नियमित हुने उहाँको भनाइ छ । ‘अभियानले वार्षिक कार्यतालिका बनाउनेछन् ,पार्टी र जनप्रतिनिधि विचको सम्मबन्धलाई थप प्रभावकारी बनाउन सघाउ पु¥याउनेछ ,’उहाँले भन्नुभयो ,‘ अभियानले तल्लो तह सम्मका कार्यकर्ताहरुमा उत्साह थप्ने विश्वास छ ।’ साथै उहाँले सरकार र जनप्रतिनिधिले गरेका राम्रा कामहरुलाई जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला सभापति तथा संघीय सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले कांग्रेस म्याग्दीले वार्षिक कार्यतालिका अनुसार यसअघि नै अभियान संचालन गरिरहेको बताउनुभयो । सांगठनिक कार्यक्रमहरुलाई साउन ३० गतेभित्र सम्पन्न गर्ने जानकारी गराउनुभयो । उहाँले जिल्ला स्थित निर्माणाधिन योजनाहरुलाई पुर्णता दिन,योजनाहरुलाई प्रभावकारी कार्यान्वयनका लागि आफुहरुले काम गरिरहेको बताउनुभयो । उहाँले जनसंख्या,भुगोल र आवश्यकताको आधारमा योजनाहरुलाई बजेट विनियोजन भएको जानकारी गराउँदै बाँकी तथा छुटेका योजनाहरुलाई थप गरी बजेट सम्बोधन गर्न पहल भइरहेको बताउनुभयो । निर्माणाधिन बेनी–दरबाङ र राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक आयोजनालाई जतिसक्दो छिटो सम्पन्न गराउन तथा जोखिम क्षेत्रहरुमा समस्या समाधान गर्न समेत आफुले पहल गरिरहेको जानकारी गराउनुभयो । प्रदेश र संघमा गठबन्धनको सरकार हुँदा जिल्लामा बजेट ल्याउन सहज भएको बताउनुभयो । योजना कार्यान्वयनका लागि जिल्ला स्थित सबै राजनितिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । पार्टी र जनप्रतिनिधि मार्फत भएका विकास निर्माण संगै पहलका कामहरुको जनतासमक्ष पु¥याउनुपर्नेमा उहाँको भनाइ छ । गण्डकी प्रदेशसभा सदस्य विमला गौचन,कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्यद्धय जानुका पन्त र अजित क्षेत्रीले अभियानले पार्टी तथा जनप्रतिनिधिहरु विचको सम्बन्धलाई थप प्रभावकारी बनाउने बताउनुभयो । जिल्ला सचिव भरत रकालले संचालन गर्नुभएको कार्यक्रममा उपसभापति हरिकुमार श्रेष्ठले स्वागत र उपसभापति केबी भण्डारीले पार्टीको जिल्ला स्थित आन्तरिक संगठनको बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी कार्यक्रममा निवर्तमान उपसभापति माधव रेग्मी,निवर्तमान सचिव क्याप्टेन मिनबहादुर कार्की,सहसचिव पौडेल,जिल्ला सदस्य सम्मर थापा, कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (क)का सभापति ओम छन्त्याल, जिल्ला सदस्य सम्मरबहादुर थापा, नेपाल तरुणदलका केन्द्रीय सदस्य मुकुन छन्त्याल , धवलागिरी गाउँपालिका अध्यक्ष तथा पार्टी सभापति प्रेम पुन ,मालिका गाउँपालिका कार्यसमिति सभापति खिम पुन ,अन्नपुर्ण गाउँपालिका सभापति कृष्णप्रसाद बरुवाल,मंगला गाउँपालिका सभापति नरसिंहबहादुर खत्री, रघुगंगा गाउँपालिका सभापति मनकुमार शेरपुञ्जा ,बेनी नगर सचिव ज्ञानेन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।  
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २२:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP