शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सातौं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक (भिडिओ)
सातौं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २४, २०८०
IMG_6728
बेनी। म्याग्दी सदरमुकाम बेनीमा गत पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको सातौं म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को आम्दानी खर्चको ववरण सार्वजनिक भएको छ ।महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा पत्रकार सम्मेलन गरेर दश दिनसम्म सञ्चालन भएको महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो ।संघका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सवबाट ८५ लाख रुपैयाँ आम्दानी, ७० लाख रुपैयाँ खर्च र १५ लाख रुपैयाँ बचत भएको जानकारी गराउनुभयो । बचत भएको रकम मध्य १० लाख रुपैयाँ संघले स्थापना गरेको उद्योगी ब्यवसायी हित कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो । [embed]https://youtu.be/YrOyNpX4ENs[/embed] नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी, कालीपुल बसपार्क व्यवस्थापन समिति, म्याग्दी बालगृह र नविन आनन्द योग केन्द्रलाई रु। ३५÷३५ हजार सहयोग गर्ने उद्योग वाणिज्य संघले जनाएको छ । पत्रकार महासंघको सहयोग रकम कार्यक्रममा शाखा अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गरिएको थियो ।‘हामीलाई प्राप्त भएको रकम मात्र आम्दानीमा उल्लेख गरेका छौ,’अध्यक्ष कटुवालले भन्नुभयो ‘घोषणा गरेका दाताबाट थप सहयोग प्राप्त भयो भने पनि सार्वजनिक गर्छौ ।’ घोषणा भएको रकम प्राप्त हुन ढिलाई भएकाले सार्वजनिक गर्न केही समय लागेको बताउँदै अध्यक्ष कटुवालले आम्दानीको राज्यलाई कर समेत तिरेको जानकारी गराउनुभयो । [embed]https://www.tiktok.com/@myagdinews/video/7264967134667836690?is_from_webapp=1&sender_device=pc[/embed] कार्यक्रममा संघका पूर्व अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले निजी क्षेत्र र नगरपालिकाको साझेदारीमा म्याग्दीको पर्यटन प्रर्वद्धनका लागि पहल भएको बताउनुभयो । पछैमा रावण पार्क निर्माणलाई पूर्णता दिने र बेनीमा पर्यटक भुलाउने उपाय खोजेको बताउनुभयो ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुविर श्रेष्ठले म्याग्दीको स्लेट, खरि खानी सञ्चालनका लागि जनप्रतिनिधिको तहबाट पहल गर्नुपर्ने बताउनुभयो । शिथिल बनेको ब्यापार व्यवसायलाई चलायमान बनाउनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको भनाई थियो । महोत्सवले म्याग्दीको सम्भावना उजागर गराउन सफल भएको आयोजकले जनाएका छन् । महोत्सवको अवसरमा पालिका स्तरीय महिला÷पुरुष भलिबल, लोक दोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, पुरख्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको थियो ।विभिन्न जातजातीका झाँकी, स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, बाल उद्यान, रमाइलो मेला, कालीगण्डकीमा ¥याफ्टिङ सञ्चालन भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०८:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP