शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुँदै (भिडिओ)
जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुँदै (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २५, २०८०
IMG_6731
म्याग्दी । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्व २०८० को पावन अवसर पारि जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले बुधबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।संघका अध्यक्ष गाकुल विश्वकर्माले तिजको अवसरमा भाद्र २९ गते महिला अधिकार, बाल विवाह न्युनिकरण तथा समसामयिक विषयबस्तुमा आधारित खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी गराउनुभयो । [embed]https://youtu.be/Ni5iUMN8aZg[/embed] प्रतियोगितको प्रथम पुरस्कार रु २२ हजार २ सय २२, द्वितिय पुरस्कार १५ हजार ५ सय १५, तृतिय पुरस्कार ७ हजार ७ सय ७७ र शान्त्वना पुरस्कार ३ हजार ३ सय ३३ राखिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।प्रतियोगिता संचालनका लागि पुरस्कार, प्रचार प्रसार, छपाई, ध्वनी व्यवस्थापन, कलाकार खर्च, अतिथि सत्कार, खाजा खाना खर्च, लगायत गरि कुल रु २ लाख २ हजार १ सय ९ रुपैयाँ अनुमानित खर्च र प्रायोजक, सहयोगी रसिद तथा स्थानीय तहबाट समेत गरि कुल २ लाख १० हजार अनुमानित आम्दानी हुने अध्यक्ष विश्वकर्माले बताउनुभयो । तिजका भाकाहरुको मौलिकता जोगाउने र तिज पर्वको महत्व झल्काउने गरि संघले खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको र प्रचार प्रसार तथा आर्थिक सहयोग संकलन कार्य सुरु गरिएको संघका महासचिव गोकुल सुनारले बताउनुभयो ।महासचिव सुनारका अनुसार प्रतियोगितामा एकल तथा सामुहिक रुपमा पनि भाग लिन पाईने छ । ४ देखि ६ टुक्का सम्मको मौलिक तिजको भाकामा समसामयिक विषयबस्तुमा गीत गाउनुपर्ने छ । बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रतियोगिता संचालन गरिनेछ । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्ष प्रकाश पौडेलले तिज लाई विशेष बनाउन र मौलिकता संरक्षणका लागि पनि संगीतकर्मी संघको कार्य स्रहनिय रहेको बताउनुभयो ।प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन म्याग्दी घर भई हाल बेल्जियममा रहनुभएकी लोक दोहोरी गायीका सुमि घिमिरे सापकोटाले गर्नुभएको छ । द्वितिय पुरस्कार प्रायोजक गौमति विकास कोष म्याग्दी, तृतिय पुरस्कार प्रायोजक, सर्जक, गायक तथा संगीतकार विकास विश्वकर्मा, हाल यूएई, र शान्त्वना पुरस्कार प्रायोजक हाल क्रोयसियामा रहनुभएका रामकृष्ण शर्माले गर्नुभएको छ । गण्डकी आईडल उपविजेता लोक गायक विजय परियारले प्रथम, दितिय र तृतिय ट्रफि सौजन्य गर्नुभएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । पत्रकार सम्मेलन संघका अध्यक्ष विश्वकर्माको अध्यक्षता, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष पौडेलको विशेष आतिथ्यता र संघका महासचिव सुनारको संचालनमा सम्पन्न भएको थियो ।२०७८ सालमा म्याग्दी शाखाको रुपमा स्थापना भएको संघले यस अघि खुल्ला लोक दोहोरी गीत प्रतियोगिता, खुल्ला तिज गीत नृत्य प्रतियोगिता र एकल तिज गीत प्रतियोगिता जस्ता कार्यक्रमहरु संचालन गरिसकेको छ ।  
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP