शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीकाे थामडाँडा सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको राष्ट्रिय पुरस्कार
म्याग्दीकाे थामडाँडा सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको राष्ट्रिय पुरस्कार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २५, २०८०
forest-puruskar-thamdanda
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४,थामडाँडा स्थित थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ । सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो भएकोमा नगद रु ७५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको हो । काठमाण्डौमा आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महत्तो, मन्त्रालयका सचिब डाक्टर रेवती रमण पौडेल, वन तथा भु–संरक्षण विभागका महानिर्देशक शिब कुमार वाग्लेले थामडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देबबहादुर घलेलाई पुरस्कार प्रदान गर्नुभएको थियो । विभागले देशभरका सामुदायिक वनहरुबिच प्रतिस्पर्धा गराएर गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । यस बर्ष मोरङको कमलपुर सामुदायिक वन प्रथम भएको छ । सामुदायिक वनको संरक्षण, सम्वद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवं गरिबी न्यूनीकरणमा समेत पु¥याएको योगदानको मुल्यांकन गरि थामडाँडा सामुदायिक वनले दोस्रो उत्कृष्ट पुरस्कार हात पारेको हो । देशभरका २२ हजार ५ सय सामुदायिक वन समुहमध्ये दोस्रो हुनु समग्र जिल्लाकै लागि गौरवको बिषय भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उक्त अवसरमा डिभिजन वन कार्यालयलाई समेत विभागले वन समुहलाई उत्कृष्ट बनाउन योगदान गरेकोमा सम्मान पत्र प्रदान गरेको छ । कार्यक्रममा कार्यालय प्रमुख रानाभाटलाई उक्त प्रमाणपत्र प्रदान गरिएको थियो ।  
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १९:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP