शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र
सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन ३०, २०८०
IMG_E2509
म्याग्दी । संघीय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार महासघको केन्द्रिय कार्यक्रम अनुसार मन्त्री परिषदमा विचाराधिन रहेको विधालय शिक्षा सम्बन्धि विधेयकले विधालय व्यवस्थापन समितिको व्यवस्था सम्बन्धी त्रुटी रहेको भन्दै ज्ञापन पत्र बुझाएको हो । विद्यालय संचालन, व्यवस्थापनमा अभिभावकको सहभागिता, सग्लनता र भूमिका नरहने गरी मसौदा तयार गरिएकोले उक्त विद्ययक सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको महासघका जिल्ला अध्यक्ष हेमबहादुर खत्रीले बताउनु भयो । शिक्षा ऐनले वार्ड अध्यक्षलाइ व्यवस्थापन समितिको नेतृत्व दिनु सामुदायिक विद्यालयको मर्ममा प्रहार गर्दै विद्यालय संचालनमा अभिभावक,समुदायको अधिकार हस्तक्षेप हुनेगरि शिक्षा प्रणालीलाईनै कम्जोर बनाउन खोजिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । आफ्नो भविष्य सग सरोकार राख्ने विषयमा अभिभावक सहभागिता र सग्लानताको विषय प्राकृतिक न्यायको विषय भएकोले सघिय शिक्षा अभिभावककै सहभागी सहभागिता हुने गरि विधयक ल्याउंन माग गरेको छ । महासघले सघिय शिक्षा ऐनमा समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने विद्यालय सामुदायिक विद्यालय संघिय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेख्नु पर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्ने र अभिभावक भेला मार्फत विद्यालय व्यवस्थापन समिति गठन हुनुपर्ने, जनप्रतिनिधि र प्रधानाध्यापकको जस्तै विद्यालय व्यवस्थापन समितिको पदावधि पाँच वर्ष कायम गर्नु पर्ने, खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता हुनुपर्ने, सामुदायिक विद्यालय सञ्चालन, व्यवस्थापन र सुधारमा स्वयंसेवी रुपमा क्रियाशिल विद्यालय व्यवस्थापन समितिहरुको राष्ट्रिय छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको भूमिकालाई संघिय शिक्षा ऐनमा व्यवस्था हुनुपर्ने लगायतका माग गरेका छन् । ज्ञापनपत्र बुझाउने क्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ केन्द्रिय सदस्य जमुना जिसी गण्डकी प्रदेश सदस्य धनिलाल गर्बुजा, जिल्ला अध्यक्ष हेमबहादुर खत्री र विव्यस अध्यक्ष लगायतको सहभागिता रहेको थियो । श्रावण ३१ गते ७ वटै प्रदेशको मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP