शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पुर्व सांसद तथा पुर्व लडाकु कमाण्डर श्रीस मगर बाख्रा पालन व्यवसायमा (तस्बिर/भिडिओ सहित)
पुर्व सांसद तथा पुर्व लडाकु कमाण्डर श्रीस मगर बाख्रा पालन व्यवसायमा (तस्बिर/भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ १, २०८०
IMG_6480
म्याग्दी । पुर्व सांसद तथा दश वर्ष अघिसम्म तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको दश वर्षे जनयुद्धका कमाण्डर गमबहादुर श्रीस मगर राजनीति संगै केही वर्षयता कषि व्यवसायमा सक्रिय हुनुहुन्छ । समाजमा प्रतिष्ठा कमाएका मान्छेहरुले कृषि क्षेत्रमा काम गरे इज्जत जान्छ भन्ने सोचलाई चुनौती दिन र परिवर्तन ल्याउन उहाँ कृषि पेशामा लाग्नुभएको छ । आजभोली उहाँको दैनिकी जन्म गाउँ बरंजामा बाख्रा स्याहारसुसारमा बित्ने गरेको छ । भिडिओ हेर्नुहाेस्... [embed]https://youtu.be/5SmwnaOE4lY[/embed] म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाका श्रीस मगर २०७० सालसम्म पार्टीको पूर्णकालीन कार्यकर्ताका भएर राजनीतिमा सक्रिय हुनुभयो । पार्टीको पूर्णकालीन कार्यकर्ता भएर उहाँ सेना र प्रहरीसँगको धेरै लडाइँमा सहभागी हुनुभयो । लोकतन्त्र प्राप्तिपछिको नेकपा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद सदस्य र पहिलो संविधान सभामा समानुपातिक सदस्य बन्नुभयो । खुट्टामा चप्पल ,हाफ कट्टु र प्राय गञ्जीमा देखिने दुई पटक सांसद बनिसक्नुभएका श्रीस मगरको साधारण जीवन शैलीबाट प्रभावित हुने सबै उहाँले कृषि पेशामा गरेको परिश्रम र लगावले पनि दङ्ग छन्। [embed]https://www.tiktok.com/@myagdinews/video/7268645060361669889?is_from_webapp=1&sender_device=pc[/embed] नेकपा माओवादी विभाजन नहुँदासम्म उहाँ मगरात राज्य समितिको सचिवालय सदस्यको जिम्मेवारीसम्म पुग्नुभएको थियो। माओवादीबाट मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भएपछि उहाँ वैद्यले नेतृत्व गर्नुभएको माओवादीमा क्रियाशील हुनुभयो । पछि नेत्रविक्रिम चन्द (विप्लव) को पार्टीमा लाग्नुभयो । विद्यार्थीकालदेखि नै श्रीसमगर नेकपा (माओवादी) पार्टीमा आबद्ध हुनुभएको थियो। २०५८ सालदेखि उहाँ भूमिगत हुनुभयो । उहाँको क्षमतालाई देखेर जिल्लावासीले भविश्यको नेताको रुपमा लिने गर्थे । तर,श्रीस आजभोली नमुना कृषकको रुपमा कृषि पेशामा सक्रिय हुनुहुन्छ । २०७० सालदेखि व्यवसाय सुरुवात गर्न खोजिएको भएपनि विस्तार गर्न नसकिएको उहाँको भनाइ छ । रोजगारीका अवसर खोज्दै दैनिक हजारौं युवा विदेश पलायन भइरहेको समयमा स्वदेशमै परिश्रम र लगानी गर्न सके बिदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने पाठ सिकाउनुभएको छ उहाँले । ‘म अहिले पार्टीको कार्यकारी पदमा छैन । समय र परिस्थिति बदलिएको छ । त्यति बेला पार्टीलाई आवश्यक प¥यो, पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा लागियो। आफ्नो पेशातिर फर्किएँ तर पार्टी र विचार भने छाडेको छैन। अहिले राजनीतिलाई समय दिन सकिएन ,’उहाँले भन्नुभयो । बागलुङको ताराखोलाबाट एक लाख तीन हजार रुपैयाँमा बाख्रा किनेर व्यवसाय सुरुवात गर्नुभएका श्रीस मगरको फर्ममा अहिले खरी जातका दश वटा बोका ,अन्य माउ बाख्रा र पाठीहरु गरी ३० वटा छन् । पर्याप्त चरण क्षेत्र हुने हो भने बाख्रा पालक किसानलाई थप सहज हुने उहाँको भनाइ छ । श्रीस मगरले खाली जमिनमा बाख्राको लागि डाले र भुई घाँस लगाउनुभएको छ ।यो पेशाबाट आफुलाई सन्तुष्ट मिलेको उहाँ बताउनुहुन्छ । अहिले मानिसहरु फार्म खोज्दै आउने भएकोले उहाँले पाठापाठी, बोका र बाख्रा बिक्रि गर्न टाढा लैजानु नपरेको बताउनुभयो । गत वर्ष मात्रै उहाँले बाख्रा र पाठापाठी बिक्री गरेर ८६ हजार रुपैयाँ आम्दानी गर्नुभएको छ । व्यवस्थित खोर र संरचना बनाउँदा अहिलेसम्म करिब पाँच लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । खोर निर्माणका लागि गत वर्ष भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रबाट डेढ लाख रुपियाँ अनुदान पाएको उहाँको भनाइ छ । पुर्व सांसद श्रीस मगरले बाख्रा पालन व्यवसायलाई आगामी दिनमा थप विस्तार गर्ने योजना सुनाउनुभयो । ‘घाँस खाने त्यस माथि बजारको समस्या नहुने भएकोले बाख्रा पालन व्यवसाय सहज लागेको छ ,’ उहाँले भन्नुभयो ,‘राजनितिलाई सक्रिय बनाउनुका साथै यो व्यवसायलाई पनि थप विस्तार गर्ने योजना बनाएको छु ।’        
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP