शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ९ हजार सवारी कारबाहीबाट ७३ लाख रुपैयाँ राजश्व संकलन
९ हजार सवारी कारबाहीबाट ७३ लाख रुपैयाँ राजश्व संकलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ २, २०८०
जिल्ला ट्राफिक
म्याग्दी । म्याग्दीमा सवारी कारबाहीबाट एक वर्षको अवधिमा ७३ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा नौ हजार २०० सय सवारी कारबाहीबाट ७३ लाख २७ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको हो । यो अघिल्लो वर्षको तुलनामा धेरै हो । आर्थिक वर्ष २०७८÷७९ मा ९ हजार चार सय ५० सवारी कारबाहीबाट ६३ लाख ९९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो । नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी ७३ लाख रुपैयाँ राजश्व संकलन भएको प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार,गत बर्षमा ट्राफिक नियम उल्लंघन गर्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने,बढी भाडा लिने,रातोपेलेट सवारीसाधनमा मान्छे बोक्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्नेट्रक÷टिपर, बस, कार जिप, ट्याक्टर, मोटरसाईकल लगायतका सवारीलाई कारवाही गरिएको हो । एक वर्षको अवधिमा ९२१ वटा ट्रक÷टिपर ,३१ वटा बस ,पाँच हजार १९ वटा कार÷जिप , एक हजार ४८ वटा ट्याक्टर र १ हजार ६ सय १५ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । गत आर्थिक बर्षको साउन महिनामा चार लाख ११ हजार पाँचसय, भदौमा ४ लाख १० हजार पाँचसय, असोजमा ६ लाख एकहजार पाँचसय, कात्तिकमा ६ लाख ९९ हजार ५००सय, मंसिरमा ६ लाख दूई हजार, पौषमा ४ लाख ९४ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको थियो । यसैगरी माघमा चार लाख, ४४ हजार पाँचसय, फागुनमा पाँच लाख ५२ हजार, चैतमा ७ लाख ३४ हजार पाँचसय, बैशाखमा ७ लाख ४७ हजार पाँचसय, जेठमा ९ लाख २८ हजार र असारमा ७ लाख एक हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ । सवारीको चाप र संख्या संगै ट्राफिक प्रहरीको सक्रियता बढेकाले राजस्व समेत अघिल्लो आघिल्लो आर्थिक वर्षमा भन्दा वृद्धि भएको छ । ‘विगत बर्षभन्दा राजश्व संकलन बृद्धि आएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई एकहजारदेखि पाँच हजारसम्म जरिवाना शुल्क लगाईन्छ ,’ प्रहरी सहायक निरिक्षक पौडेलले भन्नुभयो ।गतबर्षमा १३ वटा सवारी दुर्घटना हुदाँ चार जना मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए । क्षमता भन्दा बढी यात्रु बोक्नु ,चालकको लापरबाही ,तीब्र गति,सडकको जीर्ण अवस्था र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्युनीकरण र ट्राफिक व्यवस्थापनका लागि विद्यार्थी ,सर्वसाधारण र सवारी चालक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । मालिका प्रेस साप्ताहिकबाट
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २०:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP