शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल म्याग्दीद्वारा बार्षिक कार्यक्रम सार्वजनिक
कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल म्याग्दीद्वारा बार्षिक कार्यक्रम सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ ९, २०८०
kersi-8
म्याग्दी । गण्डकी प्रदेश सरकार अन्तरगत रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार बेनीमा कार्यक्रम सार्वजनिकरण कार्यक्रम आयोजना गरी दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले यस बर्ष कार्यालयलाई रु ७ करोड ३ लाख ५७ हजार बजेट प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त बजेटमध्ये ५ करोड बढी विभिन्न कार्यक्रम र आयोजना सञ्चालनका लागि बजेट आएको छ । सबैभन्दा धेरै बजेट समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्धन आयोजनाका लागि रु ३ करोड बजेट आएको छ । फलफुलबाली विकास आयोजनाका लागी ७४ लाख, आलु तथा तरकारीबाली प्रवर्धन आयोजनाका लागि रु ३१ लाख, खाद्यान्न बाली प्रवर्धन आयोजनका लागि रु २५ लाख पचास हजार, कृषि व्यवसाय प्रवर्धनका लागि अनुदानमुलक कार्यक्रमका लागि रु २६ लाख, पोषण सुरक्षा कार्यक्रमका लागि रु २५ लाख, जलवायुमैत्री प्रविधि प्रवर्धन कार्यक्रमका लागि रु २० लाख बजेट विनियोजन भएको छ । त्यसैगरि रैथाने बाली प्रवर्धन आयोजना, विउ उत्पादन प्रवर्धन आयोजना, फलफुलबाली विकास आयोजना लगायतका कार्यक्रमहरुको लागि समेत बजेट विनियोजन भएको छ । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस बर्ष कार्यालयलाई जम्मा ३ करोड ३४ लाख बजेट प्राप्त भएको जानकारी गराईएको छ । कार्यालयका निमित्त प्रमुख रामकृष्ण सुवेदीले चालुतर्फ रु ३ करोड २९ लाख र पुँजीगततर्फ रु ५ लाख ६० हजार बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँले कार्यक्रम तर्फको बजेटबाट पशुपंक्षी विकासका लागि पशु स्वास्थ्य कार्यक्रम, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम, पशुपंक्षी तथा मत्स्य व्यवसाय प्रवद्र्धन, पशु आनुवंशिक स्रोत संरक्षण कार्यक्रम, पशु आहारा प्रवर्धन, सुसासन तथा पारदर्शीता प्रवर्धन लगायतका कार्यक्रम समेटिएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागी किसान र कृर्षकहरुले बास्तविक कृषक र किसानहरुलाई लाभ हुने गरि कार्यक्रम कार्यान्वनय नहुने, पशुपालनतर्फको बजेट कटौती भएको, पहुँचवालाहरुले मात्रै सुविधा पाउने गरेको गुनासो गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले समृद्धि र आत्मनिर्भरका लागि कृषि क्षेत्रको व्यवसायिकरण र आधुनिकीकरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले विनियोजन गरेका बजेटलाई स्थानीय तहसंग समन्वय गरेर कार्यान्वयन गरिने बताउँदै वास्तविक कृषिको सम्भावनालाई उजागर गरेर उत्पादन बढाउनुपर्ने बताउनुभयो । परम्परागत र निर्वाहमुखी कृषिलाई विस्थापित गरेर आधुनिक प्रविधि र स्रोत साधनको उपयोग गरेर कृषिबाट आत्मनिर्भर बन्दै मुलुकको अर्थतन्त्र सुधारमा योगदान पु¥याउन सकिने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले वनलाई पर्या पर्यटनको माध्ययमबाट उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वनजंगलमा जटिबुटी खेतीको विस्तार र बाँदर आतंक रोक्नका लागि वन क्षेत्रमा फुलफुल रोपण गर्नुपर्ने आबश्कयता औँल्याउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिब सहदेव हुमागाई र कृषि विभागका महानिर्देशक वासुदेव रेग्मीले अनुदानका कार्यक्रमले सिमित कृषक र किसान लाभान्वित भएकाले यस बर्षदेखि कार्यक्रमहरुलाई आयोजनाहरुको रुपमा विकसित गरेर कार्यान्वयन गर्न लागिएको जानकारी गराउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले कृषि र पशुजन्य उत्पादन बजारको मागको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जीव बाँस्तोलाले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २२:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP