शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा एक वर्षमा २९ हजार बढी पर्यटक
म्याग्दीमा एक वर्षमा २९ हजार बढी पर्यटक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ १४, २०८०
punhill
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा एक वर्षको अवधिमा २९ हजार बढी पर्यटकले भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा २९ हजार ३२८ जना पर्यटकहरुले म्याग्दी भ्रमण गरेका हुन् । आर्थिक वर्ष २०७८÷०७९ मा सात हजार नौ सय २६ जनाले भ्रमण गरेका थिए । गत आर्थिक वर्षमा म्याग्दी भित्रिने पर्यटकको सङ्ख्या २२ हजार २१ र बाहिरिनेको संख्या सात हजार तीन सय सात जना रहेको छ । जिल्लाको उत्तरी भूरुङ–तातोपानी, सदरमुकाम बेनीबजार र पश्चिम म्याग्दीको दरबाङ क्षेत्रको नाका हुँदै पर्यटकहरु जिल्ला भित्रिने गरेका छन् । प्रहरीको तथ्याङ्क अनुसार ८० प्रतिशतभन्दा भढी पर्यटक जिल्लाको अन्नपूर्ण गाउँपालिका–६, स्थित घोडेपानी, पुनहिल क्षेत्र घुम्ने गरेका छन् । गतवर्ष बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका र भारतबाट धेरै पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । यसैगरी स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताईवानबाट कम पर्यटक म्याग्दी आएका छन् । जिल्लास्थित विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको स्वदेशी तथा विदेशी पर्यटकहरुले म्याग्दीको भ्रमण गरेका हुन् । दर्जनौँ हिमाल, मनोरम भू–बनोट, कला, संस्कृति र ऐतिहासिक स्थलहरु रहेको म्याग्दी अथाह सम्भावना बोकेको जिल्ला हो । संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) अवस्थित म्याग्दीमा अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनौं हिमशृङ्खला रहेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसँगै अग्ला झरना, तालतलैया, धार्मिक र ऐतिहासिक सम्पदाहरुसमेत छन् । यहाँ भ्रमण गर्न आउने पर्यटकले लामो यात्रामा राउण्ड धौलागिरि, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला पदमार्ग, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरिलगायतका पदमार्गको भम्रण गर्न सक्छन् । यद्यपि पर्यटन पूर्वाधारको विकासको अभाव र प्रचारप्रसारको कमीका कारण यस्ता महत्वपूर्ण आकर्षणहरूको प्रवर्द्धन अपेक्षितरुपमा हुन सकेको छैन। पर्यटकको बसाइ छोटो भयो र प्रतिपर्यटक प्रतिदिन खर्च पनि ज्यादै कम भयो भनेर गुनासो गर्दै आएको देखिन्छ । सबैभन्दा बढी २०७९ कात्तिकमा पाँच हजार छ सय २०, बैशाखमा पाँच हजार दुई सय २२, चैतमा चार हजार सात सय ९४, मंसिरमा ३०२९, असोजमा २४८५ जना पर्यटकले भ्रमण गरेका छन् । साउनमा छ सय ५२, भदौमा ९८९, पुसमा १७१४, माघमा ९६१, फागुनमा १७२३, जेठमा एक हजार छ सय ४९ र असारमा चार सय ९० पर्यटकले म्याग्दी भ्रमण गरेको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले कोभिड–१९ पछि गत आर्थिक वर्षमा पर्यटकको सङ्ख्यामा बृद्धी भए पनि अपेक्षाकृत नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कोभिड पछिका तीन वर्षसम्म होटल बन्द गरेर बस्नु परेको थियो, गत आर्थिक वर्षमा भने पर्यटकको सङ्ख्यामा वृद्धि भयो ।’’ पथपर्दशक बिना पदयात्रामा जान नपाउने नियमका कारण कम आयस्रोत भएका र एक्लै घुम्न चाहने पर्यटक नआएको उहाँको भनाइ छ । पर्यटकीयस्थललाई लक्षित गरी विस्तार गरिएका पदमार्ग मोटरबाटोले मासिँदा विदेशी पर्यटकले नेपालमा खर्च गर्ने पैसा बचत गरी अन्य देशमा खर्च गर्ने गरेको पर्यटन ब्यवसायीले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १९:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP