शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गुर्जालाई जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइँदै
गुर्जालाई जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १७, २०८०
gurja-jadibuti-1-1536x1152
म्याग्दी । म्याग्दीको उपल्लो लेक धौलागिरि गाउँपालिका–१ गुर्जाको सामुदायिक वनमा गरिएको जडीबुटी खेती प्रभावकारी बन्दै गएको छ । तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी ९खिरौला० लगायतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो । डिभिजन वन कार्यालयको सहयोगमा एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवालगायत अन्य बहुमूल्य जडीबुटी निकै राम्रोसँग फस्टाउँदै गएकाले गुर्जालाई जडीबुटीको ‘हब’ र अध्ययन केन्द्र बनाउन लागिएको धवलागिरि–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । समूहमा आबद्ध २५ जनाले सामूहिक रूपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर रोपेका बिरुवा अहिले उत्खननयोग्य बनेका उनले बताए । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुङ्गाको एक सय पाँच मिटर लामो पर्खालसमेत निर्माण गरिएको छ । “हामीले जडिबुटी खेतीको पनि परीक्षण गरिसक्यौँ”, वडाध्यक्ष छन्त्यालले भने, “परीक्षण सफल भयो, अब हामीले गुर्जालाई देशैभरिका अध्ययेताका लागि लक्षित गरी जडीबुटी अध्ययन केन्द्र बनाउने तयारी गरेका छौँ ।” उनका अनुसार यहाँ अतिस, विषमा, खिरौला, विषजरा, पदमचाल, अमलवेद लगायतका दुई दर्जन बढी प्रजातिका जडीबुटीको खेती सुरु गरिएको छ । डिभिजन वन कार्यालयले गत आर्थिक वर्ष २०७९र८० मा जडीबुटी खेतीका लागि रु चार लाख ८० हजार सहयोग गरेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए । “उपभोक्ताले कूल लागतको १० प्रतिशत लागत साझेदारी गरेका छन्”, उनले भने, “प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत कार्यालयले सहयोग गरेको हो ।” यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेती विस्तार गरिएको हो । बाँझो खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको जडीबुटी खेती समूहका अध्यक्ष तुलसी छन्त्यालले जानकारी दिए । “यसअघि गरिएको खेती सफल भयो, यहाँको भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ”, उनले भने, “बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।” विसं २०७७ मा सात हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपिएका थिए । विसं २०७८ मा हिमाली कृषि सहकारी संस्थामा आवद्ध किसानले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ । समुद्री सतहदेखि तीन हजार दुई सयदेखि तीन हजार सात सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ । यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, जुकाजस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्दतिको रूपमा अतिस प्रयोग हुन्छ । RSS
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP