शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीबाट रैथाने बाली लोप हुँदै
म्याग्दीबाट रैथाने बाली लोप हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १७, २०८०
45282965_2150501488336168_5322046804294893568_n
म्याग्दी । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने जडीबुटी, फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुनेक्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका केन्द्रका कृषि प्राविधिक जगत बानियाँले बताए । करिब एक दशकअघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूल, बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौ,  धान, घैया, उवा लगायतका बाली तथा बीउ लोप हुँदै गएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको उनले बताए । जिल्लाको कृषि उत्पादन र विकास गर्ने जिम्मा लिएको केन्द्रले रैथाने बालीको संरक्षणका लागि कृषकलाई प्रोत्साहन गर्ने खालका कुनै कार्यक्रम सञ्चालन गर्न नसकेको जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार कार्यालयको तथ्याङ्कअनुसार विभिन्न प्रजातिका ९७ रैथाने बाली लोप हुने अवस्थामा पुगेका हुन् । “आयातित बीउबिजनको प्रयोग बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काँक्रा, घिरौँलालगायतका बीउ टाँस्न छोडेका छन्”, उनले भने, “धान, गहुँ, मकैलगायत बालीका लागि बीउसमेत साँचेर राख्न छाडेका छन् ।” सरकारले विशेष गरी घैया, कोदो, लट्टे, कागुनो र फापरलाई रैथाने खाद्यका रुपमा विस्तार गर्दै लैजाने योजना बनाए पनि भारतलगायत विभिन्न देशबाट कोदो, मकै, चामल जस्ता वस्तुको आयात बर्सेनि बढ्दो क्रममा रहेको केन्द्रका पूर्वप्रमुख किरण सिग्देलले बताए। “यस क्षेत्रमा कोदोको परिकार खाने परम्परा कम हुँदै गएको छ”, उनले भने, “आयातित चामलको प्रयोग बढे्सँगै फापर, लट्टे, कागुनो, जौँलगायतका खाद्यपदार्थ प्रयोग हुँनै छाडेका छन् ।” गाउँघरमा परिवारलाई आवश्यकपर्ने मात्र उत्पादन गर्ने गरिएको भन्दै व्यावसायिकरुपमा उत्पादन गर्ने प्रचलन हराउँदै गएको ज्यामरुककोटका कृषक शोभित शर्माले बताए। पूर्वप्रमुख सिग्देलका अनुसार रैथाने बाली मानिएको कोदो, फापर, कागुनो, लट्टेजस्ता बाली अहिले धेरैले लगाउनै छाडिसकेका छन् । खेती गर्नेले पनि आफ्नै परिवारलाई आवश्यकपर्ने जति मात्रै रोप्ने गरेका छन् । उनले भने, “रैथाने बाली बचाउन सरकारले अनुदानको समेत व्यवस्था गरेको छ तर पनि धेरै यसबाट टाढा छन् ।” ‘हाइब्रीड’ तथा उन्नत जातका बीउको प्रयोग बढे्दै गएकाले रैथाने बाली लोप हुँदै गएको कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गत रैथाने बालीलाई प्रथमिकता दिएको भए पनि कृषक रैथाने बाली संरक्षणतर्फ आकर्षित नदेखिएका उनको भनाइ थियो । पछिल्लो समय नेपालको मकैलाई विस्थापन गर्दै चीनबाट ‘वेक्स क्रप’ (मकै) आयात हुन थालेको कार्कीले बताए । उक्त मकै उसिनेर खान धेरै प्रयोग हुने भएकाले आयात धेरै भइरहेको उनले जानकारी दिए । उनका अनुसार विगत १०/१२ वर्षदेखि आयात हुन थालेको चिनियाँ मकै विशेषगरी रेष्टुरेन्टमा प्रयोग हुने गरेको छ । कृषि प्राविधिकका अनुसार कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि बाली सबै कोदो वर्गमा पर्दछन् । कोदो धान, मकै र गहुँ पछि चौथो महत्वपूर्ण खाद्यन्न बाली मानिए पनि पछिल्लो समय कोदो बालीको क्षेत्रफल घट्दै गएको केन्द्रले जनाएको छ । देशको कूल खाद्यान्न बालीको क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा कोदोले ओगटेको छ । कोदो विशेष गरी म्याग्दी, खोटाङ, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा, गोरखा र सिन्धुलीमा धेरै उत्पादन हुन्छ । रासस
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २१:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP