शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा प्रहरीले ‘गाँजा भनेर भाँगो नष्ट गर्यो’
म्याग्दीमा प्रहरीले ‘गाँजा भनेर भाँगो नष्ट गर्यो’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ १९, २०८०
370821667_695228859299226_4086888653426892746_n-1536x1152
म्याग्दी । म्याग्दीको ग्रामिण क्षेत्रमा प्रहरीले सुरू गरेको गाँजा नष्ट अभियानमा खानाका विभिन्न परिकारमा लोकप्रिय मानिने भाँगोका बोटलाई प्रहरीले गाँजा भनेर फडानी गरेको भन्दै स्थानीयले गाँजा र भाँगोको पहिचान गरी नष्ट गर्न प्रहरीलाई अनुरोध गरेका छन् । जिल्लाका सबै स्थानीय तहका ग्रामिण क्षेत्रमा समुदायसँगको सहकार्यमा प्रहरीले गाँजा फडानी अभियान नै तिब्र बनाएपछि सर्वसाधारणको घरआगन, खेतबारीमा लगाइएको गाँजा (लेकाली भाँगो) फडानी गरेपछि सर्वसाधारणले भाँगोलाई समेत गाँजा खेती भन्दै प्रचार गरेकोमा असन्तुष्टी जनाएका छन् । ‘हामीले गाँजा खेती गरेका छैनौ, यो बषौंदेखि घरमा प्रयोग हुने भाँगो हो, ’बाहिर पनि बिक्री गर्दनौ’ एक सर्वसाधारणले भने । उनले गाँजाको बोट पहिचान गरी नष्ट गर्ने अभियानमा साथ दिने बताउँदै भाँगोको बोटको पहिचान र प्रयोगका बारेमा समेत प्रहरीमार्फत सचेतनामुलक अभियानलाई प्रभावकारी बनाउन अनुरोध समेत गरे । म्याग्दीमा यसपटक प्रहरीले करिब १ सय रोपनी सार्वजनिक तथा निजी जमिनमा रहेको गाँजा नष्ट गरेको जनाएको छ । यता  भाँगोको नाममा गाँजा बनाउन प्रयोग समेत भएको देखिएपछि फडानी गर्नुपरेको प्रहरीले जनाएको छ । सार्वजनिक जमिनमा रहेको बोटलाई प्रयोगकर्ताले गाँजा सेवनको रुपमा प्रयोग गरेको बताउँदै गाँजा खेती नष्ट गर्ने अभियानमा साथ दिन प्रहरीले अनुरोध गरेको छ । वर्षेनी फडानी गर्दा र सचेतना दिँदा पनि प्रयोगकर्ता ह्वात्तै बढेकाले जिल्लाभरी अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीमा ब्यवसायिक गाँजा खेती नगरिएपनि ग्रामिण क्षेत्रबाट गाँजा बजारसम्म आउने र गाउँमै समेत गाँजाका सेवनकर्ताहरुको संख्या बढेको गुनासोपछि हरेक प्रहरी चौकमार्फत वडा र बस्तीसम्म पुगेर नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । गाँजा या भाँगो जे भनिए पनि अवैध लागूऔषध बनाउन प्रयोग गरिएकाले कानूनविपरीत भएको प्रहरीको दाबी छ । भाँगोकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट गाँजा, चरेसजस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १०:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP