शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रेडक्रसको म्याग्दी शाखाले  ५०औं स्वर्ण जयन्ती मनायो
रेडक्रसको म्याग्दी शाखाले  ५०औं स्वर्ण जयन्ती मनायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ १९, २०८०
IMG_7117
म्याग्दी । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जुग्जालीले रेडक्रस म्याग्दीले गर्दै आएको सामाजिक कामको प्रंशसा गर्दै रेडक्रसको गरिमालाई जोगाउन आग्रह गर्नुभयो । उहाँले म्याग्दीको योजनावद्ध विकासका लागि पूर्व र वर्तमान जनप्रतिनिधिहरुसहित जिल्लाका अगुवाहरुको सामूहिक छलफलबाट साझा अवधारण बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिले छलफल गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । जुग्जालीले खरिद ऐनको समस्याले विकास योजनाहरु कार्यान्वयनमा समस्या भएको उल्लखे गर्नुभयो । वि.स. २०२९ भदौ १९ गते स्थापना भएको रेडक्रसको म्याग्दी शाखाले स्वर्ण जयन्ती समारोह, ¥याली, सम्मान र सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाएको हो । रेडक्रसको भवनबाट शुरु भएको ¥याली बेनी बजारको विभिन्न भाग परिक्रमा गरेर नेपाल भाषा मंका खलको सभामा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । स्वर्ण जयन्तीको अवसरमा शाखाका संस्थापक सभापति भिमप्रसाद गौचन, माधवप्रसाद रेग्मी, हरिकृष्ण श्रेष्ठ, मुक्ति रोका र लेखबहादुर हमाल लगायत पुर्व पदाधीकारी, कार्यसमिति सदस्य, कर्मचारीका साथै मानवीय सेवाको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । बेनी स्थित विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । २२ वटा उपशाखा र ६५ वटा युरेस तथा जुरेश रहेको म्याग्दी रेडक्रस अन्तरगत तीन हजार ३८१ जना आजिवन, एक हजार ११३ जना विशिष्ट र ३५ जना यशस्कर सदस्य रहेका शाखाका मन्त्री यामबहादुर चोखालले जानकारी दिनुभयो । रेडक्रसले बेनी अस्पताल परिसरमा रक्तसञ्चार गृह, एम्बुलेन्स, आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । विपद् व्यवस्थापन, म्याग्दी भिडन्त, कोभिड १९ संक्रमणको समयमा नेतृत्वदायी भूमिका खेलेको शाखा सभापति अमर बानियाले जानकारी दिनुभयो । रेडक्रसको बेनीमा आफ्नै भवन रहेको छ । उहाँका अनुसार विभिन्न ७ वटा खानेपानी योजना निर्माण, ६ ठाउँमा विपद् जोखिम न्युनीकरण र एचआइभी एड्स सामाजिक विभेद तथा मानव बेचबिखन विरुद्ध युवा शसक्तिकरण सम्बन्धी कार्यक्रम गरेको रेडक्रसले हाल म्याग्दीमा रघुगंगा गाउँपालिकामा सामुदायिक जिविकोपार्जन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको छ । रेडक्रस अन्तरगतका विभिन्न कोषहरुमा रु. ५२ लाख ४२ हजार ६७६ मौज्दात रहेको शाखाका कोषाध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । शाखा स्थापना देखि हालसम्म भएका गतिबिधिहरुलाई समेटेर स्मारिका प्रकाशन गर्न लागेको उहाँले बताउनुभयो । संस्थापक सभापति तथा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले रेडक्रसको स्थापनाकालमा भएका गतिबिधिहरुको स्मरण गराउनुभएको थियो ।मालिका गाउँपालिकाका अध्यक्ष रेडक्रस जस्ता अन्तराष्ट्रिय र राष्ट्रिय संघ संस्थाका साथै स्थानीय स्तरमा भएका संघ संस्थाहरुले सामाजिक क्षेत्रमा गरेका गतिबिधिको प्रर्वद्धन तथा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । पुर्व सभापतिहरु माधवप्रसाद रेग्मी, हरिकृष्ण श्रेष्ठ, मुक्ति रोकाले म्याग्दीमा रेडक्रसकर्मीहरुको एकता कायम गर्दै सामाजिक र मानवीय सेवाका क्रियाकलापलाई निरन्तरता दिन सुझाव दिनुभयो । उपसभापति काशिराम रेग्मीको सात सिद्धान्त वाचन, उपसभापति विष्णु रोकामगरको स्वागत र मन्त्री यामबहादुर चोखालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २१:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP