शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्णमा होटल तथा खाद्यान्न पसलहरुको अनुगमन
अन्नपूर्णमा होटल तथा खाद्यान्न पसलहरुको अनुगमन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ २०, २०८०
annapurna-ma-pasal-anugaman-4-768x346
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित होटल, खाद्यान्न, वर्कसप, मेडिकल कस्मेटिक, ईलेक्ट्रोनिक्स पसलहरुको अनुगमन गरिएको छ। अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयको संयुक्त आयोजनामा बेनी जोमसोम सडक अन्तरगत पर्ने पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित ७० वटा होटल तथा किराना लगायत पसलहरु अनुगमन गरिएको हो । अनुगमन टोलीले ३५ वटा होटल, २५ वटा किराना पसल, तीनवटा वर्कसप, एक मेडिकल, तीन कस्मेटिक, र तीन इलेक्ट्रोनिक्स पसलहरु अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा ६० हजार रुपैयाँ बराबरको म्याद गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको बताउनुभयो । “अनुगमन टोलीले दर्ता नविकरण सम्वन्धी, कालोबजारी नियन्त्रण गरी गुणस्तरीय सामानहरु पसलमा राख्ने सम्वन्धी जानकारी गराएको छ”, उहाँले भन्नुभयो । “उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न अनुगमन टोलीले सुझाव दिएको छ ।” अनुगमनको क्रम भेटिएको कमी कमजोरीहरुलाई तत्काल सुधार गर्न गाउँपालिकाले निर्देशन समेत गरेको छ। अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष भरतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा, बजार अनुगमन इकाईका सचिव एवम् प्रशासकिय अधिकृत भगवती खड्का, शिक्षा, प्राविधिक प्रमुख, लगायत कर्मचारीको तीन टोलीमार्फत अनुगमन गरिएको थियो । पछिल्लो समय संघीय संरचना अनुसार म्याग्दीमा बेनी र अन्नपूर्णले बजार अनुगमनको सुरुवात गरेका छन भने अन्यले गरेका छैनन् । स्थानीय तहले प्रभावकारी अनुगमन नगर्दा ब्यापारीहरुले गाउँगाउँमा म्याद ग्रुजिएका सामानहरु पुर्‍याउने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  २१:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP