शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्न (तस्बिरहरु)
प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्न (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ २३, २०८०
375919772_2237167679802375_3674032305369754334_n
म्याग्दी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बेनीमा आयोजित साधारणसभाको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्र्दै अध्यक्ष कटुवालले कला संस्कृति राष्ट्रको अमुल्य निधि भएको बताउनुभयो ।राष्ट्रले कलाकारलाई देशको गहना भन्ने तर कुनै पनि सम्वोधन नगर्दा दिनुनादिन पलायन हुने अवस्था सृजना भएको उहाँको भनाई थियो । उद्योग वाणिज्य संघले आयोजना गर्ने हरेक सांस्कृति कार्यक्रममा प्रतिष्ठान संग सहकार्य गर्न आफु तयार रहेको भन्दै अध्यक्ष कटुवालले जिल्लामा रहेका स्थानीय कलाकारहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु पनि संचालन गर्न प्रतिष्ठानलाई आग्रह गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव शंकर विरही गुरुङले कलाकारहरुको हितका निम्ती प्रतिष्ठानले अग्रणी भुमिका निभाएको बताउनुभयो । कला, संस्कृतिको प्रवर्धन संगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक गतिविधिहरुमा पनि प्रतिष्ठान अग्रसर हुन उहाँले अनुरोध गर्नुभयो । साधारणसभाकै अवसरमा म्याग्दीका अग्रज लोक गायीका राधा पुन, लोकप्रीय सर्जक नुकल ढकाल र पछिल्लो समयका चर्चित लोक तथा दोहोरी गायक रवि कार्कीलाई लोक संगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । उहाँहरुलाई प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी, प्रमुख अतिथि कटुवाल, विशिष्ट अतिथि गुरुङ, विशिष्ट अतिथि अग्रज लोक गायीका धन कुमारी थापा लगायतले नगद सहित दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो । त्यस्तै प्रतिष्ठानका कोषाध्यक्ष शंकर पौडेल सर्वोकृष्ट जनसेवी अवार्डबाट पुरस्कृत हुनुभएको छ भने सदस्य खिमा पुर्जाले उत्कृष्ट सदस्य अवार्ड प्राप्त गर्नुभएको छ । कलाकार मेनुका पुनलाई उत्कृष्ट नव प्रतिभा अवार्ड प्रदान गरिएको छ । पुनले नकुल ढकालको सृजना तिज गीत छोरीमा उत्कृष्ट अभिनय गर्नुभएको थियो । संस्थाका सचिव विजुन केसीले वार्षिक र कोषाध्यक्ष पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थामा आर्थिक वर्ष २०७९÷०८० मा ५ लाख ६ हजार ७ सय ९१ रुपैयाँ आम्दानी भएको र ४ लाख १८ हजार ४ सय २५ रुपैयाँ खर्च भएको कोषाध्यक्ष पौडेलले बताउनुभयो । त्यस्तै संस्थाले गत वर्ष स्थापना गरेको १ लाख ५० हजारको कलाकार कल्याणकारी कोषमा रकम थप गरि १ लाख ९८ हजार ५ सय पु¥याईएको कोषका कोषाध्यक्ष देवि जिसीले बताउनुभयो । बन्द सत्रमा सचिव र कोषाध्यक्षको प्रतिवेदनमा छलफल गरि पारित गरिएको छ । कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेशका पूर्व द्वितिय उपाध्यक्ष आरसी पौडेल, वर्तमान कार्य समितिका सदस्य अमित विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरे, सल्लाहकार धन कुमारी थापा, जीवन कुमार विश्वकर्मा, प्रकाश कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका प्रथम उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव खत्रीको संचालनमा रहेको उद्घाटन सत्रको समापन गर्दै अध्यक्ष जिसीले नव प्रतिभालाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्दै जिल्लाको मौलिक कला र संस्कृतिको विकासमा प्रतिष्ठान अनवरत रुपमा लागिरहने प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २०:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP