शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोनाको पाँचौं महाधिवेशन असोज २६,२७ र २८ गते बेनीमा हुने
मोनाको पाँचौं महाधिवेशन असोज २६,२७ र २८ गते बेनीमा हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ २७, २०८०
माेना अाइसी
म्याग्दी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको असोज २६,२७ र २८ गते हुने भएकोे हो । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि महाधिवेशन असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी गराएकाे  हो । मोनाले अहिलेसम्म २८ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको छ । महाधिवेशनमा शाखाबाट सहभागी प्रतितिनिधहरुबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन हुने मोनाका सचिव सुवोध बरुवालले जानकारी दिनुभयो ।सदरमुकाम बेनीमा हुने महाधिवेशनमा विविध सांस्कृति तथा खेलकुद कार्यक्रम आयोजना गरिएको सचिव बरुवालले बताउनुभयो । महाधिवेशन हुनु पूर्व असोज २४ र २५ गते बेनीस्थित खुल्लामञ्चमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको छ । म्याग्दीका ६ पालिकाबाट २५ बर्ष मुनिका खेलाडी सहभागी हुन पाउने छन् । पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई क्रमश ः एक लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयाँ रहेको सचिव बरुवालले जानकारी दिनुभयो । उहाँले यस प्रतियोगितामा २०५७ सालपछि जन्मिएका खेलाडीमात्र सहभागि हुने पाउने बताउनुभयो । प्रतियोगितामा उतकृष्ट खेलाडीलाई १० हजार रुपैयाँले पुरस्कृत गरिने छ । महाधिवेशनको अवसरमा मोना मिनी म्याराथुन प्रतियोगिता समेत आयोजना गरिएको छ । मोनाले जिल्ला स्थित शैक्षिक ,स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा ठुलो सहयोग पु¥याउँदै आएको छ । मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष अम्मर छन्त्यालले महाधिवेशनलाई सफल बनाउन सबैलाई सहयोगको आह्वान गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २३:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP