शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन
बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ २७, २०८०
BGL tarayal
बागलुङ । बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुनः चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हटेको छ । यातायात व्यवस्था कार्यालय बागलुुङका अनुुसार यसअघि (ए) र (के) वर्ग (दुुई पाङ्ग्रे) को मात्र परिक्षा सञ्चालन हुुने गरेको थियो । कार्यालयका प्रमुख पारसिङ थापाले (बि), (सि), (ई,) (एफ), र (जि) वर्ग (चार पाङ्ग्रे) सवारी चालक अनुुमतिपत्रका लागि प्रयोगात्मक परिक्षा शुुरु भएको जानकारी दिनुुभयो । “मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन्,” उहाँले भन्नुुभयो “साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई चारपाङ्ग्रेको ट्रायल परिक्षा दिन पोखरा लगायतका ठाउँमा जानुुपर्ने समस्या हटेको छ ।” नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि बागलुङमा चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा हुन सकेको थिएन् । कार्यालयले ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आव्हान गरका थियो । प्रतिष्पर्धा मार्फत छनौट भएको धौलागिरी ड्राइभिङ सेन्टर प्रा.ली.सँग सम्झौता गरि बागलुुङ नगरपालिका–१ रामरेखाको ट्रायल सेन्टरलाई दुुई वर्षका लागि भाडामा लिइएको छ । दुुई पाङग्रेको ट्रायल सेन्टर पनि सोही ठाउँमा सञ्चालन हुुदै आएको छ । पहिलो दिन १०७ जनाले चार पाङग्रेको प्रयोगात्मक परिक्षामा सहभागी भएका छन् । भदौ १८ गतेदेखि प्रयोगात्मक परिक्षाको अनलाइन माध्यमबाट आवेदन संकलन गरिएको थियो । कार्यालयको आफ्नै जग्गा नभएका कारण निजी कम्पनीले बनाएको संरचना भाडामा लिएको हो । कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गरिएको हो । बुधबार पहिलो पटक १०७ जना प्रयोगात्मक परिक्षामा सहभागी भएका छन् । लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकेको थिएन् । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । बेनी नगरपालिका–५ बगुुवाखोलाका हरी कार्कीले बागलुुङमा ट्रायल परिक्षा दिन पाउँदा राहत मिलेको बताउनुुभयो । बेनी नगरपालिका–१० का ज्ञानेन्द्र शर्माले पोखरा जान आउदाँ हुुने समय र खर्चको बचत भएको बताउनुुभयो । बागलुुङमा प्रयोगात्मक परिक्षालाई निरन्तरता दिन उहाँहरुले माग गर्नुुभयो । प्रयोगात्मक परिक्षाको उद्घाटन गर्नुुहुुदै गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले बागलुङबाट चारपाङग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धवलागिरि क्षेत्र लाभान्वित हुने बताउनुभयो । “बागलुङमा परीक्षा सञ्चालन हुँदा कास्की लगायतका कार्यालयमा सेवाग्राहीको चाप घट्ने अपेक्षा गरेका छौ,” उहाँले भन्नुुभयो “यातायात कार्यालयमा बिचौलियाको सहयोग बिनै सेवा लिने वातावरण बनाएर सुुधार गर्ने मन्त्रालयको प्रयासमा सेवाग्राहीहरुले साथ दिनुुपर्छ ।” मन्त्रालयका सचिव शंकरराज पण्डीतले सेवाको गुुणस्तरीयतामा कडाई गर्न कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिनुुभयो । प्रमुख जिल्ला अधिकारी रोशनीकुुमारी श्रेष्ठले दुुर्घटना न्युुनीकरणका लागि चालकले सडक अनुुशासन पालन गर्नुुपर्ने बताउनुुभयो । बागलुुङ नगरपालिकाका उपप्रमुख राजुु खड्काले बागलुुङमा चार पाङग्रेको प्रयोगात्मक परिक्षालाई निरन्रतता दिन नगरपालिकाले पूूर्ण रुपमा साथ र सहयोग गर्ने बताउनुुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २३:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP