शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी सञ्चारिका समूहको अध्यक्षमा जिसी चयन
म्याग्दी सञ्चारिका समूहको अध्यक्षमा जिसी चयन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ ३०, २०८०
379165259_850101943420852_1664994327829967822_n
म्याग्दी । सञ्चारिक समूह नेपाल जिल्ला शाखा म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनले देवी जिसीको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट सञ्चारिका समूहको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, सहसचिवमा कल्पना खड्का र कोषाध्यक्षमा मनु थापामगर चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुनिता केसी, सुमित्रा थजाली, जानुका अधिकारी, तेजकुमारी बानियाँ, ज्ञानुकुमारी बानियाँ केसी, सुमित्रा क्षत्री खत्री, धनमाया श्रेष्ठ र स्वच्छा बानियाँ जिसी चयन हुनुभएको छ । अधिवेशनको अवसरमा सञ्चारिका समूहले म्याग्दी जिल्लामा पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै महिला पत्रकार रेखाकौशल रेग्मीलाई दोसल्ला ओढाएर नगद तीनहजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको थियो । अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले सञ्चारिकाले महिलाहरुको सवाललाई सञ्चारमाध्यमबाट प्राथमिकताका साथ बाहिर ल्याउनुपर्ने बताउनुभयो । उहाँले पत्रकार हरेक ठाउँमा पुग्नुपर्ने बताउँदै महिला पत्रकारहरुको क्षमता अभिवृद्धि र विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले वर्तमान परिस्थितिमा देशको अर्थतन्त्रमा सुधार आउने गरी पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला पत्रकारको उत्पादन र व्यवस्थापनमा सञ्चारिका समूह लाग्नुपर्ने बताउँदै नगरपालिकामार्फत आवश्यक सहयोग उपलब्ध हुने बताउनुभयो । बेनी नगरपालिकाका निवर्तमान नगर उपप्रमुख सन्जु बरुवाल, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल, सञ्चारिका समूह नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष विष्णु गौतम र सम्मानित व्यक्तित्व रेखाकौशल रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चारिका समूह म्याग्दीका अध्यक्ष देवी जिसीको अध्यक्षता, सचिव विष्णु गौतम सापकोटाको सञ्चालन र कार्यसमिति सदस्य सुमित्रा थजालीको स्वागतमा सम्पन्न भएको थियो । अधिवेशनको अवसरमा पत्रकार तथा सञ्चारकर्मी कृष्णबहादुर जिसीले समाचारमा नैतिकता र लैङ्गिक संवेदनशीलताको विषयमा आफ्नो प्रस्तुतीसहित सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २१:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP