शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका शिक्षकले असोज ३ गतेदेखि शैक्षिक संस्था बन्द गर्ने
म्याग्दीका शिक्षकले असोज ३ गतेदेखि शैक्षिक संस्था बन्द गर्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ३१, २०८०
Teacher-aanodlan-1
म्याग्दी । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन–२०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका शिक्षकहरु आइतबार बिरोध प्रर्दशनमा सहभागि हुन काठमाडौ पुगेका थिए । नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठनले आइतबार एक अपिल सार्वजनिक गर्दै असोज ३ गतेदेखि सबै विद्यालय बन्द गरी काठमाडौ केन्द्रित आन्दोलनमा सहभागि हुने जनाएका हुन् । आइतबार बेनीमा बसेको शिक्षक संगठनका प्रतिनिधिहरुको बैठकले आन्दोलनको अवधिभर सरकारको आयोजनामा हुने शिक्षा दिवस लगायत शिक्षा सम्बन्धी सबै कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका छन् । विद्यालय शिक्षा ऐन–२०८० को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत्त टे«ड युनियन अधिकार, शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफ रहेको अपिलमा उल्लेख छ । मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बिच भएका ३० बुँदे र ५१ बुँदे सहमतीका सबै बुँदाहरु एचित ढंगबाट नसमेटिएको भन्दै शिक्षकहरु आन्दोलित हुनु परेको नेपाल शिक्षक महासंघले अपिल मार्फत जनाएको छ । यसै गरी मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साबिक उच्च मा.वि, बालविकास, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक र विद्यालय कर्मचारीका माग तथा मुद्दाहरुको सम्बोधन गर्न नसकेको महासंघको भनाई छ । मस्यौदाले शिक्षक कर्मचारीका मुख्य माग मुद्दालाई सम्बोधन गर्नु नसक्नुका साथै शिक्षण पेसाप्रतिको आकर्षण र सम्मान माथी समेत गम्भीर प्रहार गरेको महासंघको आरोप छ । मस्यौदामा रहेका शिक्षा र शिक्षक–कर्मचारी विरोधी प्रवन्धहरु परिवर्तन गरी यसलाई शिक्षा तथा शिक्षक–कर्मचारी मैत्री बनाउनु पर्ने शिक्षक–कर्मचारीहरुको अडान रहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २२:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP