शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना अस्ट्रेलियाको बेनीमा फोटो प्रदर्शनी ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम (फोटो फिचर)
मोना अस्ट्रेलियाको बेनीमा फोटो प्रदर्शनी ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज ५, २०८०
IMG_8013
बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वय तथा सहकार्यमा शुक्रबार बेनीमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा यसअघि सम्पन्न फोटो प्रतियोगिताका विजेता ,उपविजेता र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कार वितरण ,म्याग्दीका अग्रज फोटोग्राफर,एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने प्रकाश माविका समिर सुवेदी लगायतलाई सम्मान गरिएको छ । भने जिसस सभाहलमा म्याग्दीका विभिन्न धार्मिक तथा ऐतिहासीक पर्यटकीय स्थलहरुको फोटो समेत प्रदर्शनी गरिएको छ । प्रतियोगितामा प्रथम हुनुभएका अन्नपुर्ण गाउँपालिका–५,शिखका गणेश गुरुङ (सुरेन)लाई २० हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र , द्वितिय हुनुभएका बेनी नगरपालिका –५,का अनुप बानियाँलाई १० हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिएकाे छ । त्यसैगरी , तृतिय र सान्त्वना स्थान हासिल गर्ने क्रमशः रघुगंगा गाउँपालिका– ३, पिप्लेका भविन्द्र शाही र बेनी नगरपालिका– ७,की रेन्जिसा श्रेष्ठलाई पाँच हजार र तीन हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । यसैगरी धेरै लाईक पाउने गुरुङको फोटोलाई तीन हजार ,धेरै कमेन्ट प्राप्त गर्ने सन्दीप श्रेष्ठको फोटोलाई तीन हजार र धेरै सेयर भएको शाहीको तस्बिरलाई तीन हजार रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरिएको छ । त्यस्तै एसईईमा जिल्ला टपर सुवेदीलाई १५ हजार नगद सहित सम्मान गरिएको छ । भने अंगद श्रेष्ठ,अमर बानियाँ ,प्रकाश कुमार श्रेष्ठ,सन्जयकुमार श्रेष्ठ , भोजबहादुर रिजाल ,सन्तोष महत र मोना अन्तर्राष्ट्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ददिवल खड्कालाई सम्मान गरिएको छ । जिसस प्रमुख थापा ,मोना अष्ट्रेलिया अक्षयकोषका संरक्षक दिपेन्द्र श्रेष्ठ लगायतले पुरस्कार तथा सम्मानपत्र हस्तान्त्रण गर्नुभएको थियो । गुरुङले खिच्नुभएको अन्नपूर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गको फुतफुते झरनाको तस्बिर प्रथम भएको थियो । सामाजिक सञ्जाल मोना अष्ट्रेलियाको फेसबुक पेज मार्फत तस्बिरहरु सार्वजनिक गरिएको थियो । मोना अस्टे«लियाले गत साउनको ६ देखि ९ गतेसम्म म्याग्देलीहरु मार्फत म्याग्दीका पर्यटकीय स्थलको तस्विर संकलन गरेको थियो । प्राप्त भएका फोटोहरु मोना अस्टे«लीयाले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको थियो । साउन ३० गतेसम्म सञ्चालित कार्यक्रममा १३९ जना सहभागी भएका थिए । याे पनि... [embed]https://myagdinews.com/2023/08/69931/[/embed] बानियाँले धवलागिरी हिमाल, शाहीले पिप्लेमा रहेको भगवति मन्दिर र श्रेष्ठले बेनी बजारको फोटो प्रतियोगितामा सहभागी गराउनुभएको थियो । कार्यक्रममा जिसस प्रमुख थापाले जिल्लाको हरेक क्षेत्रमा प्रवासी म्याग्दीलीहरुको योगदान रहेको भन्दै धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाले मोना अष्ट्रेलीयाको कार्यक्रमले जिल्लाको पर्यटन प्रवद्र्धन ,नदेखिएका पर्यटकीय स्थलहरुको पहिचान तथा प्रचारप्रसारमा ठुलो सहयोग पुगेको बताउनुभयो । पर्यटकीय क्षेत्रमा पुर्वाधार विकास ,सुरक्षा र पर्यटकहरुलाई सहज वातावरणको व्यवस्था मिलाउन स्थानीयबासी ,स्थानीय सरकारको दायीत्व भएको उहाँको भनाइ छ । म्याग्दीमा पर्यटकीय  ,धार्मिक  स्थल सहित सांस्कृतिक कला संस्कृती  मार्फत पनि पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा बेनी नगर प्रमुख सुरत केसी ,धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुन ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार गर्बुजा पुनले पर्यटन क्षेत्रको विकासका लागि पालिकाबाट बजेट विनियोजन गरिएको बताउनुभयो । साथै उहाँहरूले पर्यटन क्षेत्रकाे प्रवर्द्दनकाे लागी सहयाेग र सहकार्य गर्ने प्रतिवद्दता जनाउनुभयाे । यसैगरी कार्यmक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल ,वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल ,अमर बानियाँ ,सुरेन गुरुङ लगायतले बोल्नुभएको थियो । मोना अष्ट्रेलिया सदस्य असल केसीले म्याग्दी जिल्लाको पर्यटन प्रवद्र्धन ,नदेखिएका पर्यटकीय स्थलहरुको पहिचान तथा प्रचारप्रसार ,विभिन्न माध्यमबाट म्याग्दीलाई चिनाउन योगदान पु¥याउने व्यक्तीलाई प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । बेनी नगरपालिका–७,का निवर्तमान वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो भने अक्षयकोष संरक्षक श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २०:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP