शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा दोस्रो कोरला व्याडमिन्टन कप प्रतियोगिता सुरु
बेनीमा दोस्रो कोरला व्याडमिन्टन कप प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज १२, २०८०
IMG_5334
म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल कबर्डहलमा आज (शुक्रवार)देखि दोस्रो कोरला व्याडमिन्टन कप प्रतियोगिता–२०८० सुरु भएको छ । म्याग्दी कोरला यातायात प्रालिको आयोजना र जिल्ला व्याडमिन्टन संघ म्याग्दीको सहआयोजनामा दोस्रो व्याडमिन्टन कप प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटनसत्रमा बोल्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जिल्लामा खेलकुदजन्य गतिविधिहरु सञ्चालन र खेलाडीको विकास गर्न जोड दिइएको बताउनुभयो । उहाँले जिल्ला खेलकुद विकास समितिको पलहमा कालीपुलको कबर्डहललाई नयाँ र व्यवस्थित बनाइएको समेत जानकारी दिनुभयो । बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णसिङ बानियाँले खेलाडीहरु अनुशासनपूर्वक प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने बताउँदै खेलकुदजन्य गतिविधि सञ्चालन र खेल क्षेत्रको विकास गर्नका लागि वडा तथा नगरपालिकामार्फत आवश्यक सहयोग गर्ने बताउनुभयो । दुई दिनसम्म चल्ने प्रतियोगितामा ४५ वर्षमाथि भेट्रान्स १६ टिम, गण्डकी प्रदेशस्तरीय खुलातर्फ १६ टिम र म्याग्दी जिल्लास्तरीय ‘सि’ लेबलको ४८ टिम सहभागी भएको प्रतियोगिताका सचिवालय व्यवस्थापक सचिन शाक्यले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत उद्घाटन अर्थात् पहिलो खेल निरज भण्डारी र सुरेन्द्र अधिकारीसँग आयोजक मोहन केसी र बिक्रम सुवेदीले प्रतिस्पर्धा गनुृभएको थियो । प्रतियोगिताको उद्घाटनसत्र म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीको अध्यक्षता, जिल्ला व्याडमिन्टन संघ म्याग्दीका अध्यक्ष हिमालय कार्कीको स्वागत र नगरपालिका व्याडमिन्टन संघका सचिव लोकेश पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २१:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP