शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा खड्का र कार्की विजयी (तस्बिरहरु)
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा खड्का र कार्की विजयी (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज १३, २०८०
IMG_3245
म्याग्दी । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुषतर्फको उपाधी कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् ।म्याग्दी कोरला यातायात प्रा.ली.ले आयोजना गरेको दोस्रो कोरला कप व्याडमिन्टन प्रतियोगिताको फाइनलमा कास्कीका विशाल बस्नेत र आशिष श्रेष्ठको जोडिलाई पराजित गर्दै खड्का र कार्की च्याम्पीयन बन्नुभएको हो । निकै प्रतिस्पर्धा भएको खेलमा बिजयी जोडीले पहिलो र तेस्रो तथा उपबिजेताले दोस्रो सेट आफ्नो पक्षमा पारेका थिए । बिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद रु. चालीस हजार तथा उपबिजेताले रु. २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।तेस्रो भएका बेनीका सुरेन्द्र हमाल र किसान खड्का तथा सन्दीप अधिकारी र प्रवेश मगरको जोडिले रु. सात हजार पाँच सयका दरले नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रदेश स्तरीय प्रतिस्पर्धामा ८४ जोडीले सहभागिता जनाएका म्याग्दी ब्याडमिन्टन संघका अध्यक्ष सचिन शाक्यले जानकारी दिनुभयो । १६ टिमको सहभागिता रहेको ४५ वर्ष माथिको खुल्ला भेट्रान्स प्रतियोगितामा कृषकको कृषि औजार कारखाना तथा गौरव मुना सुनचाँदी पसलका शम्भुकुमार श्रेष्ठ र राजेश गुरुङ बिजेता, कुश्माका प्रेम गुरुङ र संजय कपालीको जोडी उपबिजेता हुनुभयो । बेनीका कुलदिप जुग्जाली र रविचन्द्र टोना तथा रमेश कुमार श्रेष्ठ र रत्नबहादुर थजालीको जोडी तेस्रो हुनुभयो । भेट्रान्समा बिजेता, उपबिजेता र तृतीय हुने जोडिलाई कप, मेडल र प्रमाणपत्र सहित क्रमश रु. ३० हजार, बीस हजार र पाँच÷पाँच हजार नगद पुरस्कार प्रदान गरिएको म्याग्दी कोरला यातायात प्रा.ली.का कार्यवाहक अध्यक्ष मोहन केसीले बताउनुभयो ।म्याग्दी जिल्ला स्तरीय सि लेभल व्याडमिन्टन प्रतियोगितामा बेनीका सज्जन शाक्य र रियान थापाको जोडि बिजेता, तातोपानीका अन्जान पुन र मिलन घर्तिको जोडि उपबिजेता हुनुभयो । बेनीका दलबहादुर पुन र उपेन्द्र कार्की तथा कुलदिप जुग्जाली र प्रकाश पौडेलको जोडि तृतीय भएका छन् । ४८ जोडीले सहभागिता जनाएको यो प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीयलाई कप, मेडल र प्रमाणपत्र सहित क्रमश ः नगद रु. तीस हजार, बीस हजार र पाँच÷पाँच हजार प्रदान गरिएको थियो ।दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका–७ का अध्यक्ष रमेश श्रेष्ठ, म्याग्दी कोरला यातायात प्रा.लीका कार्यवाहक अध्यक्ष मोहन केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । सिलेभल प्रतियोगितामा कृषकको कृषि औजार कारखानाबाट सहभागि भएका प्रकाश पौडेललाई खेल अनुशासन उल्लङ्घन गरेकाले रेफ्रिले रातो कार्ड देखाएका थिए । पौडेललाई नगद रु. दुई हजार जरिवाना तिराएर नेपाली ब्याडमिन्टन संघको केन्द्रिय समितिमा कारबाहीको जानकारी गराउने ब्याडमिन्टन संघ म्याग्दीले जनाएको छ ।  
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २१:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP