शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कांग्रेस म्याग्दीद्धारा पहिरो पीडितलाई राहत वितरण
कांग्रेस म्याग्दीद्धारा पहिरो पीडितलाई राहत वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज १५, २०८०
IMG_0181
बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–४ ,महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट साेमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन परिवारलाई दैनिक उपभोग्य खाद्यन्न सामग्री र बेलीको फुलबाङमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई खाद्यन्न सामग्री सहित पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । विपद् व्यवस्थापन कोषका संयोजक नेत्र महतका अनुसार बुधबार विहान राती महभिरमा पहिरो पीडित काले कामी ,रबिलाल घर्ती र कुमारी घर्ती मगरको परिवार र वडा नम्बर २ स्थित फुलबाङमा असोज ८ गते पहिरोले पुरिएर ज्यान गुमाउनुभएका तिर्थबहादुर बिकका परिवारलाई राहत सामग्री सहयोग गरिएको छ । उक्त राहत सामग्री कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ ,संयोजक महत ,सहसचीव श्रीराम पौड्याल ,प्रदेश सभा निर्वाचन क्षेत्र(ख)का सभापति तथा वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन ,सचिव हिराबहादुर पुन ,मालिका गाउँपालिका सभापति खिम पुन लगायतको टोलीले वडा इकाई सभापति तमबहादुर पुन , वडा अध्यक्ष भेजेन्द्रमान पुन र वडा सदस्य गर्भे गुरुङ लगायतको रोहबरमा पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो । साथै पुर्व पार्टी सहसभापति समेत रहनुभएकासंयोजक महतले केही दिनमै पहिरो प्रभावितलाई त्रिपाल उपलब्ध गराइने जानकारी दिनुभयो । पहिरोको निरिक्षण पछि कार्यवाहक सभापति श्रेष्ठले अहिले तत्कालको लागि पीडित परिवारलाई केही राहत सहयोग गरिएको बताउँदै थप राहत व्यवस्थापन र विस्थापित भएकालाई पुर्नवासको लागि आफु र पार्टीको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । तत्काल राहतकाे  लागी सबैले सहयाेग गर्न समेत आग्रह गर्नुभयो । वडा सदस्य गर्भे गुरुङका अनुसार पहिरोले थप १९ घर उच्च जोखिममा रहेका छन् ।गाउँ माथि सिद्ध थानको भिरबाट खसेको पहिरोले सबहादुर घर्ती ,सबहादुर सुनार ,लालबहादुर कामी ,तिलक कामी ,गंगबहादुर कामी ,बीरबहादुर कामी ,गोरे कामी ,कुलप्रसाद घर्ती ,भिमप्रसाद सुनार ,पोबिसरा सुनार ,सुप्तिरा सुनार ,मुक्तीराम सुनार,रोमन घर्ती ,तेकलाल शिर्पाली ,शेरबहादुर सुनार ,गंगु घर्ती ,मनमाया घर्ती ,जितबहादुर शिर्पाली र चन्द्रबहादुर पुनका घर उच्च जोखिममा  रहेका वडा सदस्य गुरुङले बताउनुभयो । पहिरोले रबिलालको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । पहिरोले गाउँको बिचमा ठुला ठुला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ । पीडित काले कामीले पहिरोले पुरिएको बाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुभयो । वडा अध्यक्ष भेजेन्द्रमान पुनले पहिरोबाट विस्थापित परिवारलाई पुर्नवास र प्रभावित क्षेत्रमा जोखिम कम गर्नका लागि वडाले पहल गरिरहेको बताउनुभयो । कांग्रेस म्याग्दीले यसअघि अन्नपुर्ण गाउँपालिका–३,सुवाका पहिरो पीडितलाई राहत सहयोग गरेको थियो । राहत वितरण तथा पहिरो निरिक्षण टोलीमा तरुणदल नेता राजु जुग्जाली,श्याम बुढाथोकी मगर लगायतको सहभागिता रहेका थियो । यसैगरी सोमबार वडा नम्बर ३ शैलुङ स्थित पुर्व कांग्रेस रुम गाविस सभापति दिवंगत जम्दार रनबहादुर घर्तीको सम्झनामा श्रद्धाली सभा समेत छ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २३:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP