शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मुख्यमन्त्री पाण्डेद्धारा घरपझोङ गाउँपालिकाको भवन उद्घाटन, कृषि तथा पर्यटन महोत्सवको पनि सुभारम्भ (तस्बिरहरू)
मुख्यमन्त्री पाण्डेद्धारा घरपझोङ गाउँपालिकाको भवन उद्घाटन, कृषि तथा पर्यटन महोत्सवको पनि सुभारम्भ (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज १८, २०८०
1696498255989
जोमसोम । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उनले भने ‘यो नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको छु ।’गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन केन्द्र र बिहीवारदेखि मुस्ताङमा सुरु भएको कृषि तथा पर्यटन महोत्सवको पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । मुस्ताङ, मनाङ, उत्तरी गोरखा जस्ता गण्डकी प्रदेश भित्रका हिमाली क्षेत्रको बिकासकालागि गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको उनले बताए । ‘प्रदेशका अन्य जिल्ला जस्तै बिकासको गतिमा हिमाली जिल्लालाई पनि सँगसँगै लैजाने गरि सरकारले बजेट बिनियोजन गरेको, कार्यक्रममा प्राथमिकता दिएका छौँ’ उनले भने । मुस्ताङको बिकासकालागि यहाँका धार्मिक पर्यटनलाई प्राथमिकता दिनुपर्ने उनले बताए । मुक्तिनाथ, कागवेनीको प्रर्वद्धन र बिकास जरुरी रहेको उनले बताए । ‘धार्मिक पर्यटन, शाहासिक खेलको बिकासले पनि मुस्ताङमा पर्यटन प्रर्वद्धन हुन सक्छ, यसवर्षको बजेटमा प्रदेश सरकारले यस विषयलाई प्राथमिकता दिएको छ’ उनले भने । गण्डकी प्रदेश सरकारले मुस्ताङ जिल्लाकोलागि यस वर्ष ८० करोड बिकास बजेट बिनियोजन गरेको र आगामी वर्ष यो बजेट एक अर्व पुग्ने उनले बताए । मुस्ताङ सम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अहिलेको भन्दा ४८ किलोमिटर छोटो दुरीको बिरेठाँटी, म्याग्दी, घोरेपानी हुँदै तातोपानी जोड्ने सडककालागि १० करोडमा बहुवर्षिय ठेक्का लगाएर चालु वर्षदेखि नै निर्माण सुरु गर्ने बताए ।कालिगण्डकी नदीको वाहव बस्तीको सतह भन्दामाथि आउँदा जोखिम बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले सवोच्च अदालतले सालिग्राम जोगाउन कालिगण्डकी उत्खनन् गर्न नहुने अन्तरीम आदेश गरेकाले जोखिम दिनदिनै बढेको बताए । ‘शालिग्रामको आफ्नै महत्व छ, तर मानिसको ज्यान भन्दा शालिग्राम ठुलो हुन सक्दैन’ उनले भने ‘बस्ती जोगाउन तत्काल उत्खनन् गर्नुपर्ने आवश्यकता छ, कानुनी अड्चनका कारण देखिएको समस्या हल गर्ने दिशामा प्रदेश सरकार लागिरहेको छ ।’ मुस्ताङ कृषिको क्षेत्रमा पनि संभावना बोकेको जिल्ला भएको बताउँदै मुख्यमन्त्री पाण्डेले व्यवशायीक स्याउ खेतीको लागि प्रदेश सरकारले अनुदान दिने भएकाले सामुयिक खेतीतर्फ लाग्न स्थानीयलाई अनुरोध गरे । स्थानीय स्तरमा रोजगारी दिलाउन प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिने कृषिका कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । नेपालको फरक फरक धर्म संस्कृती र परम्पारलाई जातीय, धार्मिक, सांस्कृतीक अनेकौँ नाममा सामाजिक सद्भाव खलबल्याउने प्रयत्न अहिले भईरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यसतर्फ भने सबै सचेत हुनुपर्ने बताए ।गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे सहित प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्यहरु लगायतको उपस्थिती थियो । कृषि तथा पर्यटन मेलामा मुस्ताङ जिल्लामा उत्पादीत कृषि उत्पादनको प्रर्दशनी र बिक्री स्टल संचालन गरिएको थियो ।  
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP