शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे
मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज २०, २०८०
IMG_6522
जोमसोम । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत विविधता छ’ उनले भने ‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’ मुक्तिनाथ मन्दिर, कागवेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेट सहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए । ‘पर्यटन सँगै कृषिलाईपनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने कयौँ थरिको स्याउ, आलु निकै प्रख्यात छ’ उनले भने ‘हरेक रेष्टुरेन्टका मेनुमा हुने मुस्ताङी आलु हामीले पुर्‍याउन सकेका छैनौँ, अब पुर्‍याउने गरि सामुहिक खेती गर्नुहोस्, प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिनेछ ।’ गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा भएको दोस्रो पञ्चवर्षिय योजना निर्माणको क्रममा मुस्ताङमा आयोजित सरोकारावालाहरुको अन्तक्रियामा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उत्पादनमा आधारित अनुदानले किसानलाई व्यवशायीक हुन प्रेरित गर्नुका साथै बढ्दो बिदेशीने दर र बेरोजगारको समस्या कम हुने अपेक्षा प्रदेश सरकारको रहेको उनले बताए ।पछिल्लो समय जलवायु परिर्वतनको प्रत्यक्ष असर बढ्न थालेको बताउँदै उनले कागवेनीमा साउन २८ गतेको बाढी, उत्तरी भेगमा बढ्दो वर्षात, उत्पादनमा ह«ास यसैको प्रभाव रहेको बताए । ‘जलवायु परिर्वतनको असर न्यूनिकरण गर्ने गरि हाम्रा योजना र कार्यक्रम बन्नुपर्छ’ उनले भने । शुसासन र संघीयतालाई गण्डकी सरकारले प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री पाण्डेले कतिपय कानुन नबन्दा प्रदेश सरकारले चाहेरपनि जनताको अपेक्षा पुरा गर्न नसकेको बताए । ‘कर्मचारी समायोजन, जग्गा प्राप्ति ऐन र प्रहरी समायोजन भएन भने प्रदेश सरकारले जनअपेक्षा अनुसारका काम गर्न सक्दैन, प्रत्यक्ष सेवा प्रभावित हुन्छ’ बारम्बार यो विषय उठाउँदै आएका उनले थपे ‘संघीयताप्रतिको जनताको अपेक्षा पुरा गर्न सकिएन भने नकारात्मक धारणाको बिकास हुँदै जान्छ ।’ प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरेर प्रदेश आफैँ आत्मनिर्भर बन्ने योजनामा लाग्नुपर्ने उनले बताए । यसकालागि पनि कानुनी अड्चनहरु रहेको बताउँदै उनले भने ‘आत्मनिर्भर र सम्मुन्त प्रदेश, सम्मानीत प्रदेशबासी’ बनाउने गरि गण्डकी सरकार अघि बढेको बताए । मुस्ताङबाट सुरु भएको दोस्रो पञ्वर्षिय योजनाको छलफल हरेक जिल्लामा हुने बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘बास्तविक धरातलमा रहेर हामीले कार्यन्वयन हुने योजना बनाउनुपर्छ, विज्ञको सुझाब मात्रैले कार्यन्वयन गर्न सक्ने योजना बन्दैन ।’ भौगोलिक अवस्था, हावापानी, भुवनोट, स्थानीयको आवश्यकता पहिचान गरेर योजना निर्माण गर्ने सरकारले लक्ष्य अनुसार गण्डकी प्रदेश नीति तथा योजना आयोगले जिल्लागत छलफल संचालन गरेको उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाले बताए । छलफलमा प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तह, जिल्ला सरकारी कार्यालय, सामाजिक संघ संस्थाका प्रमुखहरुको सहभागिता गराउने उनले बताए । ‘पाँचवर्ष भित्र पुरा हुने र हाम्रो बजेटले धान्ने खालका योजना छनौट गर्न र सहज कार्यन्वयनकालागि योजना बनाउन अन्तरक्रिया गरिएको हो’ नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर देवकोटाले भने ।मुस्ताङमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरु योगेश गौचन, सरिता प्रसाई, गण्डकी प्रदेश सभा सदस्यहरु बिकल शेरचन, नाम्डु गुरुङ, बिमला गौचन लगायतको उपस्थिती थियो ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ११:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP