शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सांसद गर्बुजाद्धारा झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)
सांसद गर्बुजाद्धारा झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज २३, २०८०
IMG_0331
बेनी । म्याग्दी नदि माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्ती र वडा नम्बर ६लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लका अनुुसार, मालिका गाउँपालिका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग ,टीवीएसयु र पीटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीबासीको श्रमदान गरी ५९ लाख नौ हजार ३६५ रुपैयाँ लागतमा १ सय १४ मिटर लामो पुल निर्माण गरिएको हो । उक्त पुलबाट ४ सय ६५ जनसंख्या लाभाम्वीत भएका छन् । वि.सं. २०७८ असोजदेखि सरु भएको पुल निर्माणको काम २०८० असोज २१ गते सम्पन्न भएको थियो । पुल निर्माण भएपछि स्थानीयबासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने बताउँदै सांसद पुल संरक्षणको लागि सरकार सँगै स्थानीयबासीको समेत दायीत्व भएको उहाँले बताउनुभयो । उहाँले विकासको लागि सबै राजनितिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । आफुले स्थानीयबासीको आवश्यकता र मागलाई प्राथमिकता दिएको सांसद गर्बुजाको भनाइ छ । जिल्लामा खानेपानी ,सडक ,स्वास्थ्य ,शिक्षा लगायत पुर्वाधार क्षेत्रका विकास योजनालाई प्राथमिकता दिएर सङ्घ सरकारबाट बजेट विनियोजन गरिएको बताउनुभयो । ‘पहिलो वर्ष देशमा आर्थिक सङ्कट लगायत विविध कारण जिल्लाबाट माग भएका सबै योजनामा सङ्घ सरकारबाट बजेट विनियोजन नभएपनि मुख्य ठुला योजनालाई भने बजेट विनियोजन भएको छ । अन्य योजनामा बजेट विनियोजनका लागि पहल भइरहेको छ । योजना कार्यान्वयनका लागि सबैले ध्यान दिन जरुरी छ ,’ उहाँले भन्नुभयो । साथै उहाँले म्याग्दी नदिको कटानले जोखिममा रहेको खोप्ती वस्ती संरक्षणका लागि प्रदेश सरकारबाट दश लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी गराउँदै संघ सरकारबाट पनि थप बजेट विनियोजनको लागि पहल भइरहेको बताउनुभयो। जिल्लाको ‘लाईफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको फापरखेत पहिरो विकल्पमा मङ्गला गाउँपालिकाको वडा नम्बर ३ लुलियाघाट र वडा नम्बर २ स्थित सिमलचौर जोड्ने म्याग्दी नदि माथि बेलीब्रिज निर्माण तथा वैकल्पिक सडक निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको बताउनुभयो । बेनी–दरबाङ सडकको निरिक्षण पछि सांसद गर्बुजाले चावपर्वलाई लक्षित गरी जिल्लाका प्रमुख सडकको मर्मत गरी आवतजावतलाई सहज बनाउन पुर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेललाई निर्देशन दिनुभयो । कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बजा ,कांग्रेस म्याग्दीका सचिव भरत रकाल ,वडा नम्बर १ का अध्यक्ष टंकप्रसाद पुन ,वडा नम्बर ६ का अध्यक्ष पथबहादुर रोका,पीटिएपी पोखराका प्राविधिक अधिकृत दयाराम शाह ,मिलन म्यागदीका प्राविधिक यामबहादुर बिक लगायतले पुल निर्माण भएपछि स्थानीयबासीलाई आवतजावत,सामान ढुवानीमा  सहज भएकाे बताउनुभयाे । निर्माण उपभोक्ता समितिका अध्यक्ष मल्लले पुल निर्माण सम्पन्न भएपनि गाउँपालिकाबाट दश लाख रुपैयाँ मात्र रकम भुक्तानी भएको बताउँदै बाँकी रकम भुक्तानीको लागि सहजीकरण गरिदिन गाउँपालिका अध्यक्ष गर्बुजालाई आग्रह गर्नुभयो । निर्माण उपभोक्ता समितिका सचिव हिराबहादुर पुनले कार्यक्रम संचालन र सदस्य कुसुम सिउथानीले स्वागत गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २०:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP