शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  •  प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ मालिका र रघुगंगा तथा महिलातर्फ अन्नपुर्ण र रघुगंगा सेमिफाइनलमा प्रवेश (तस्बिरहरु)
 प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ मालिका र रघुगंगा तथा महिलातर्फ अन्नपुर्ण र रघुगंगा सेमिफाइनलमा प्रवेश (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज २४, २०८०
FB_IMG_1697025199722
बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मालिका र रघुगंगा गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अन्नपुर्णलाई रघुगंगा र धवलागिरी गाउँपालिकालाई मालिकाले पराजित गरेका हुन् । भने बेनी नगरपालिका र मंगला गाउँपालिका वाई परेर स्वतः सेमिफाइनल प्रवेश गरेका हुन् । महिलातर्फ बेनी नगरपालिकालाई हराउँदै रघुगंगा र अन्नपुर्णले मंगलालाई पराजित गर्दै सेमिपाइनल प्रवेश गरेका हुन् । महिला तर्फबाट पनि मालिका गाउँपालिका र धवलागिरी गाउँपालिका वाई परेर स्वतः सेमिफाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्याल र महासचिव हरि राम्जालीले उद्घाटन गर्नुभयो । अन्नपूर्ण गाउँपालिकालाई रघुगंगाले २–३ सेटमा खेल जितेको हो । त्यस्तै मालिकाले पनि धवलागिरी गाउँपालिकालाई ३–२ ले पराजित गरेको हो । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, द्वितिय पुरस्कार ७५ हजार, तृतिय पुरस्कार ५० हजार, सान्त्वना पुरस्कार २० हजार रहेको छ । उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन ।प्रतियोगिताको उद्घाटन गर्दै मोना अन्तराष्ट्रियका अध्यक्ष छन्त्यालले जिल्लाका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरेको बताउनुभयो। जिल्लाको कला, संस्कृति र खेलकुदको विकासमा मोनाले विभिन्न गतिविधिहरु निरन्तर संचालन गर्ने अध्यक्ष छन्त्यालले बताउनुभयो ।जिल्लाका ६ वटै पालिकाबाट महिला तथा पुरुष भलिबल टिम सहभागी भएका छन् । भोली फाईनल मात्रै संचालन गर्ने गरि सवै खेलहरु आजै खेलाईने खेल तालिका रहेको प्रतियोगिताको प्राविधिक सहयोगमा रहेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ,अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन मगर ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीको विशेष उपस्थिति रहेको थियो ।मोना अन्तराष्ट्रियको पाँचौँ महाधिवेशनको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । त्यस्तै बेनी लभ्लिहिल मिनी म्याराथुन दौड प्रतियोगिता पनि असोज २६ गते विहान संचालन हुनेछ । महाधिवेशनको मुल समारोह असोज २६ गते विहान ११ बजेदेखि बेनीको खुल्लामञ्चमा आयोजना हुने कार्यक्रम छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP