शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोनाको महाधिवेशनको तयारी पुरा(भिडिओ)
मोनाको महाधिवेशनको तयारी पुरा(भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज २४, २०८०
IMG_0517
बेनी। म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको तयारी पुरा भएको छ ।बुधबार पत्रकार सम्मेलन मार्फत मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्यालले शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा हुने महाधिवेशनको व्यवस्थापकीय तयारी पुरा भएको जानकारी गराउनुभएको हो । https://fb.watch/nCyU6JuQP2/ मोनाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष छन्त्यालले असोज २६ गते (शुक्रबार) बेनीको खुल्लामञ्चमा आयोजना हुने उद्घाटन समारोहका लागि मञ्च व्यवस्थापन, प्रचार प्रसार, छपाई, अतिथि सत्कार, लगायतका कार्यहरुको तयारी गरिएको बताउनुभयो । अधिवेशनमा सहभागी हुन विभिन्न राष्ट्रिय कार्य समितिका पदाधिकारीहरु प्रतिनिधिको रुपमा बेनी आईपुगेका छन ।प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’महाधिवेशनको उद्घाटन गर्नुहुने भएको छ । महाधिवेशनकै अवसरमा आयोजित प्रथम मोना कप, पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । विहिबार प्रतियोगिताको पुरुषतर्फको १ सेमिफाईनल सहित फाईनल र महिलातर्फको फाईनल खेल संचालन गरिने भएको छ । असोज २६ गते विहान देखि सुरु हुने बेनी देखि लभ्लिहिल सम्मको मिनी म्याराथुन दौड प्रतियोगिताको नामदर्ता लगायत अन्य व्यवस्थापकीय कार्यहरु पनि अन्तिम चरणमा पुगेको छ ।त्यस्तै अधिवेशनकै अवसरमा जिल्लाको विकासका लागि मोनाले गर्न सक्ने गतिविधिहरुको बारेमा जिल्लाका सरोकारवालाहरु संग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको मोना अन्तर्राष्ट्रिय महासचिव हरि राम्जालीले बताउनुभयो । उद्घाटन समारोह समापन पश्चान २६ गते साँझ म्याग्दी जिल्ला भित्रका राष्ट्रिय स्तरमै ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति, प्रत्यक्ष दोहोरी, जिल्लाको मौलिक लोक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम संचालन गरिने महासचिव राम्जालीले बताउनुभयो । कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीलाई दिईएको छ । पत्रकार सम्मेलनमा मोना अन्तर्र्राष्ट्रियका अध्यक्ष छन्त्यालले अधिवेशन सफल बनाउनका लागि जिल्लाबासीहरुको साथ सहयोग महत्वपूर्ण हुने भन्दै उद्घाटन समारोहमा झाँकी सहित सहभागी हुन जिल्लाका सम्पूर्ण संघ संस्था तथा जातजातीहरुलाई अनुरोध गर्नुभएको छ । सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष तथा अधिवेशन संयोजक ददिवल खड्का, प्रमुख संरक्षक ओमनारायण जुग्जाली, प्रमुख सल्लाहकार मिम पूर्जा, सल्लाहकार विक्रम कार्की, लगायतको उपस्थिति रहेको थियो ।  
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  २२:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP