शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • जनकल्याण मावि पुलाचौरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता
जनकल्याण मावि पुलाचौरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज २५, २०८०
387207586_6710465095706394_5231828568412270140_n
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा बुधवार देखि अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न तथा विद्यालयहरुको बीचमा आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो । भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले विद्यालयको विकास गर्न तथा शैक्षिक गुणस्तर वृद्धिका लागि आफूले आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउँदै यसको साथमा भलिबललगायत अतिरिक्त क्रियाकलापहरुको सञ्चालन गर्नेतर्फ पनि जोड दिनुपर्ने बताउनुभएको थियो । विद्यालयका पूर्व अध्यक्षद्वय माधवप्रसाद रेग्मी र रामप्रसाद सुवेदीले आफूहरुको कार्यकालमा विद्यालयको विकासका लागि विभिन्न खालका रचनात्मक क्रियाकलापहरु सञ्चालन गरी विद्यार्थीहरुको आकर्षण बढाउन पहल गरिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले विद्यार्थीहरुलाई नियमित शिक्षासँगै खेलकुदतर्फ पनि रुचि बढाउने उद्देश्य राखिएकाले आफ्नो कार्यकालमा लगातार तीन वर्षसम्म जिल्लास्तरीय अन्तरमावि भलिबल प्रतियोगिताको आयोजना गरी निरन्तरता दिइएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, पौलस्त्य माध्यमिक विद्यालय भिरमुनीका शिक्षक तथा जनकल्याण मावि अक्षयकोषका अध्यक्ष गजिन्द्र श्रेष्ठ र विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विव्यस अध्यक्ष बानियाँको अध्यक्षता, प्रधानाध्यापक कमलप्रसाद पौडेलको स्वागत र शिक्षक रेशम बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगिताको पहिलो अर्थात् उद्घाटन खेल महेन्द्र मावि झिँ र गलेश्वर मावि तोरीपानीको बीचमा सम्पन्न भएको थियो । उद्घाटन खेलमा गलेश्वर माविले महेन्द्र माविलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । आउँदो शनिवारसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लास्थित विभिन्न विद्यालयहरुले सहभागिता जनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०७:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP