शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपुर्ण विजयी (तस्बिरहरू)
प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपुर्ण विजयी (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज २५, २०८०
mona cup beni and annapurna 2080
म्याग्दी । सर्वाधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपुर्ण गाउँपालिका प्रथम भएका छन् । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगिताको फाइनलखेलमा पुरुषतर्फ बेनी नगरपालिकाले मंगला गाउँपालिका र महिलातर्फ अन्नपुर्ण गाउँपालिकाले मालिका गाउँपालिकालाई पराजित गर्दै विवजी भएका हुन् । विहिबार साँझ खुल्ला मञ्चमा सम्पन्न फाइनल खेलमा पुरुषतर्फ बेनी नगरपालिकाले मंगला गाउँपालिका माथि लगातार सोझो तीन सेटको जित हात पा¥यो । भने महिलातर्फ अन्नपुर्ण गाउँपालिकाले मालिका गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै विजयी भएको म्याग्दी भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । बुधबारदेखि सुरु भएको प्रतियोगितामा पालिकास्तरीय प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमले सहभागिता जनाएका थिए । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका महासचिव हरि राम्जालीका अनुसार,प्रथम भएका पुरुष र महिला दुवै टिमले एक लाख ५० हजार रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र हात पाउनेछन् । द्धितीय भएका महिलातर्फ मालिका र पुरुषतर्फ मंगला गाउँपालिकाले समान ७५ हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने भएका छन् । त्यसैगरी तृतिय स्थान हासिल गरेका पुरुषतर्फ मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाले समान ५० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सान्त्वना स्थान हासिल गरेका महिलातर्फ धवलागिरी ,बेनी नगरपालिका र मङ्गला गाउँपालिका तथा पुरुषतर्फ अन्नपुर्ण ,धवलागिरी र रघुगंगा गाउँपालिकाले समान २० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेका महासचिव राम्जालीले बताउनुभयो । भोली देखि सुरु हुने महाधिवेनको कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्यालले जिल्लामा खेलकुद क्षेत्रको विकास गर्न र खेल प्रतिभाको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । महाधिवेशनको अवसरमा मोनाको नेतृत्वमा निर्मित बेनी–लभ्लीहिल पदमार्गको प्रचार–प्रसारका लागिखुला मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ। पदमार्गमार्फत बेनी र लभ्लीहिलको पर्यटन प्रर्वधनका लागि आगामी असोज २६ गते विहान लभ्लीहिल मिनी म्याराथुन प्रतियोगिता गर्ने भएको हो ।बेनी नगरपालिका–२,ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिल भ्रमण गर्न सदरमुकाम बेनीबजारदेखि पर्यटकीय क्षेत्र लभ्लीहिल पुग्न पक्की पदमार्ग निर्माणको मुख्य लगानीकर्ता समेत रहेको मोनाले बेनीको हाँडेभिरदेखि लभ्लीहिल हुदै खबराबाट बेनीसम्मको मिनी म्याराथुन प्रतियोगिता तय गरिसकेको मोना आइसीका उपाध्यक्ष एवम् प्रतियोगिताका जंगबहादुर पुनले बताउनुभयो।प्रतियोगितामा १८ बर्षदेखि ४५ बर्ष उमेरकाले सहभागि हुन पाउनेछन् । प्रथम हुनेलाई नगद २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।द्धितीयलाई नगद १५ हजार, तृतीय हुनेलाई १० हजार रुपैयाँ साथ मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।    
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP