शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा लगानी भित्र्याउन सांसद गर्बुजाको आग्रह (तस्बिरहरु)
म्याग्दीमा लगानी भित्र्याउन सांसद गर्बुजाको आग्रह (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज २६, २०८०
IMG_9002
बेनी । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनमा बेनीमा सुरु भएको छ । शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महाधिवेशनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ उद्घाटन गर्नुभयो । सांसद गर्बुजाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै जिल्लामा सामाजिक तथा मानवीय क्षेत्रमा प्रवासी म्याग्दीलीहरुले महत्वपुर्ण योगदान पु¥याएको बताउनुभयो । स्थापनाकालदेखि नै जिल्लामा आइपर्ने आपतविपतको समयमा संगै विकासमा समेत प्रवासी म्याग्दीलीले खेलेको भुमिका प्रशसंनीय भएको बताउनुभयो । प्रवासी म्याग्दीलीहरुले पुँजी लगानी गरी जिल्लामा रोजगारी सिर्जना गर्ने खालका उद्योग खोल्न समेत आग्रह गर्नुभयो । जिल्लामा लगानी भित्र्याउन आग्रह गर्दै सांसद गर्बुजाले भन्नुभयो,‘प्रवासमा पसिना बगाएर ,आफ्नो छाक कटाएर प्रवासी म्याग्दीलीहरुले जिल्लाको सामाजिक,आर्थिक र मानवीय क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आउनुभएको छ । यो प्रशसंनीय काम हो । अब जिल्लाको समृद्धी र विकासका लागि लड्नुपर्ने समय आएको छ । हामी जिल्लाका सबै राजनितिक दल ,जनप्रतिनिधिहरु र प्रवासमा रहेका म्याग्दीलीहरु एक भएर अगाडी बढ्न आवश्यक छ ।’ गैरआवासीय नेपाली नागरिकलाई समान अधिकार दिलाउन आफुले पहल गरिरहेको जानकारी गराउनुभयो । कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले मोनाले केही वर्ष अघि जिल्लामा बाढी पहिरो विस्थापित पीडित परिवारलाई आवास निर्माण र राहत सहयोग गरेर राज्यले गर्नुपर्ने काम गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । पुर्व मन्त्री थममाया थापा र गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रवासमा रहेका म्याग्दीलीहरुको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । नकारात्मक कुराहरुलाई बढी प्राथमिकता दिने गरेको बताउनुभयो । ‘जिल्लामा उद्योग खोल्न आग्रह गर्दै मन्त्री जुग्जालीले सुरक्षा व्यवस्था र पुर्वाधारको काम राज्यले गर्न तयार छ ,’ मन्त्री जुग्जालीले भन्नुभयो । त्यसैगरी संविधान सभासदस्य रेशमबहादुर बानियाँ ,गण्डकी प्रदेश सभा सदस्यद्धय हरिबहादुर भण्डारी र विमला गौचनले प्रवासमा रहेका म्याग्दीलीहरुलाई जिल्लाको पर्यटन ,जलविद्युत ,उद्योग लगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरिञ्जीवि शर्मा ,नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी ,जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले मोनाले आपतविपत,मानवीय र सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका प्रमुख संरक्षक ओमनारायण जुग्जाली ,पुर्व अध्यक्षद्धय प्रकाश पुन र योगेन क्षेत्रीले प्रवासी म्याग्दीलीहरुले स्थापनाकालदेखि म्याग्दीमा विभिन्न क्षेत्रमा ठुलो सहयोग पु¥याउँदै आएको बताउनुभयो । प्रमुख सल्लाहकार मिम पुर्जाले महाधिवेशनका लागि सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो । मोनाका अध्यक्ष अम्मर छन्त्यालले आफ्नो कार्यकालमा शिविर मार्फत अस्पतालको पहुँच बाहिर रहेका करिब दुई हजार भन्दा बढी स्तन क्यान्सर पीडित महिलाहरुलाई सेवा उपलब्ध गराईको बताउनुभयो । प्रवासी म्याग्दीलीहरुको साझा मोना बहुउद्धेश्यीय सहकारीको प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । त्यसैगरी कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल ,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल ,कार्यक्रममा सल्लाहकार आशिका गुरुङ,रविन शेरचन ,शिवप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो । महासचिव हरि राम्जाली ,शैल्ताज कुँवर र सचिव सुवोध बरुवालले संचालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा महाधिवेशन संयोजक ददिवल खड्काले स्वागत गर्नुभएको थियो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष ददीवल खड्का र सल्लाकार मीम पुर्जाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । खड्का जापान र पुर्जा नेदरल्याण्डमा बसोबास गर्नुहुन्छ । महाधिवेशनमा २८ देशबाट प्रतिनिधि सहभागी भएका छन् । उद्घाटन कार्यक्रममा चिमखोलाको थालीनाचँ प्रस्तुत गरिएको थियो । साेही अवसरमा माेना स्मारिका समेत विमाेचन गरिएकाे छ ।   कार्यक्रममा प्रथम मोना कप पालिका स्तरीय पुरुष र महिलाको भलिबल तथा बेनी देखि लभ्लिहिल सम्मको मिनी म्याराथुन दौड प्रतियोगिताका विजेता ,उपविजेता ,तृतिय र सान्त्वना भएका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । एथलेटिक्स खेलाडी रिक्जना माझीलाई दश हजार रुपैयाँ सहित सम्मान गरिएको छ । विश्वका २८ राष्ट्रहरुमा मोना राष्ट्रिय कार्यकारी समिति गठन भई २० हजारको हाराहारीमा रहेका छन् । उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २२:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP