शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • भुटानमाथि नेपालको सानदार जित
भुटानमाथि नेपालको सानदार जित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर १९, २०७६
cricate

काठमाडौं ,विहिबार मंसिर १९ गते । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित रहेको थियो । २ सय ३७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भुटान २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाउन सक्यो ।

भुटानका लागि मिक्यो दोर्जेले २३ बलमा ४ चौका सहित सर्वाधिक २७ रनको योगदान दिए । उनलाई १६ औं ओभरको दोस्रो बलमा पारस खड्काले दीपेन्द्र ऐरीबाट क्याच आउट गराएका थिए । ओपनर तेनजिङले ९, तोब्देन सिन्गे ११, जिग्मी सिन्जे ८ र सोनमले १५ रन जोडे । नेपालका पारस खड्काले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ, ललित नारायण राजवंशी र करण केसीले १(१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । यो टि ट्वान्टी क्रिकेटमा नेपालको उच्च योगफल हो । नेज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि ट्वान्टी आई करिअरको पहिलो शतक गर्दै १ सय ७ रनको शतकीय इनिङ खेले । टि ट्वान्टी आईमा नेपालको लागि यो दोस्रो शतक हो । यस अघि पारसले सिंगापुरविरुद्ध १ सय ६ अविजित शतकीय इनिङ खेलेका थिए । जुन लक्ष्य पछ्याउँदा टि ट्वान्टीमा शतक प्रहार गर्ने पारस विश्वकै पहिलो कप्तान हुन् ।

१८ औं ओभरको अन्तिम बलमा ठूलो सटको धुनमा क्याच आउट हुनुअघि ज्ञानेन्द्र ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रनमा क्याच आउट भए । दीपेन्द्र सिंह ऐरी २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रनमा नट आउट रहे । ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८।२ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । जुन साझेदारी पहिलो विकेटका नेपालले टि ट्वान्टी आईमा उच्च साझेदारी हो ।

नवौं ओभरको दोस्रो बलमा कर्मा दोर्जेले कप्तान जिग्मे सिङ्गेबाट क्याच गराउनु अघि पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रनमा आउट भए । पारसको टि ट्वान्टी आईमा यो चौथो अर्ध शतक हो । ११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउट गराए । आरिफ शेख ४ रनमा नट आउट रहे । भुटानका कर्मा दोर्जेले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा शुक्रवार माल्दिभ्ससँग खेल्ले छ ।hamrokhelkud


प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १२:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP