शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौं : नेता पौडेल
धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौं : नेता पौडेल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक २, २०८०
Dabendra poudel (1)
म्याग्दी । नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्ने बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले दशै तिहार लगायत चाडपर्वको अवसरमा बिहिबार बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले धार्मिक र सामाजिक सद्भाव खलबलाउने गतिबिधिप्रति सचेत रहनुपर्ने बताउनुभयो । “मिलेर बसेको समाजमा सामाजिक सञ्जालको दुरुपयोग गरेर धार्मिक र सामाजिक सद्भाव खलबलाउने गतिबिधि प्रति हामी सबै सचेत हुनुपर्छ,” उहाँले भन्नुभयो “सद्भाव खलबलाउने, व्यवस्थाप्रति भ्रम पैदा गराउने र उपलब्धीलाई उल्टाएर देशलाई अधोगतितर्फ लैजाने गतिबिधिहरु हुन नदिन धार्मिक सद्भाव र सामाजिक सहकार्य हुनुपर्छ ।” सेवाप्रवाह र विकासका विषयमा नागरिकले उठाउने प्रश्नलाई राजनीतिज्ञ र प्रशासकले गम्भिर रुपमा लिनुपर्ने बताउदै पुर्व शिक्षा मन्त्री समेत रहनुभएका पौडेलले अहिलेको व्यवस्थाबाट पछि फर्कने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।“सम्बृद्धी, शुसासन र सामाजिक न्यायको लागि सर्भिस डेलिभरीमा सहजता र सुधार ल्याउन नीतिगत र व्यवहारिक सुधारका लागि हामी प्रयासरत छौ,” प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पौडेलले भन्नुभयो “राज्यप्रति विश्वास दिलाउन निकायहरु पारदर्शी, निष्पक्ष र जनताप्रति केन्द्रित हुनुपर्छ ।” अहिलेका नयाँ पुस्तालाई विगतको निरंकुश राजतन्त्र, पञ्चायत र राणा शासनको पिडा, अन्याय, अत्याचार, स्वतन्त्रता कुण्ठित हुँदा र अहिलेको स्वतन्त्रताको अवस्थाको विषयमा बुझाउनुपर्ने पौडेलको भनाई थियो ।नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला ईञ्चार्ज गुप्तबहादुर हमालले चाडपर्वलाई धार्मिक सद्भाव र सहकार्य गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दीका राजनीतिक दल र प्रशासकहरु विकासको मुद्दामा एकतावद्ध रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले चाडपर्वलाई सुरक्षित, मर्यादित, मौलिक र सांस्कृतिक हिसाबले मनाउनुपर्ने बताउनुभयो । नेकपाका म्याग्दी जिल्ला ईञ्चार्ज उषा घर्ति घिमिरेले म्याग्दीको विकासका लागि राजनीतिक दलहरुबीच सहकार्य र साझा धारणा बताउनुपर्ने बताउनुभयो । माओवादी केन्द्रको बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीले नगरपालिकाको विकास, सामाजिक, आर्थिक मुद्दाको साझा धारणा र सहकार्यको वातावरण बनाउने प्रयासका लागि चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री शुसिला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली, संविधान सभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद हरिबहादुर भण्डारी, पुर्व सांसद हरिराज अधिकारी, गायत्री गुरुङ, विनोद केसी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २१:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP