शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • खेल क्षेत्रको विकासका लागि सक्दाे पहल गर्छु : सांसद गर्बुजा (तस्बिरहरु)
खेल क्षेत्रको विकासका लागि सक्दाे पहल गर्छु : सांसद गर्बुजा (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ४, २०८०
IMG_0851
दरबाङ । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेलक्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनुभएको छ । शनिबार मालिका गाउँपालिका–१,निस्कोटमा  संचालित विविध खेलकुद ,सांस्कृतिक मेलालाई सम्बोधन गर्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘खेलकुद क्षेत्रमा खेलमैदान लगायत पुर्वाधार निर्माण ,विकास र प्रवद्र्धनका लागि स्थानीय ,प्रदेश र संघीय सरकार बिच समन्वय एवं सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ ,’ सांसद गर्बुृजाले भन्नुभयो । उहाँले गाउँ–गाउँमा सञ्चालित खेलकुद प्रतियोगिताले खेल क्षेत्रको प्रवद्र्धन,संस्कृतिको जगेर्ना र खेल प्रतिभाको पहिचानमा मदत पुगेको बताउँदै प्रतियोगितालाई थप स्तरीय र व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । फरक प्रसंगमा निस्कोटमा रहेको सुकुम्वासी समस्या समाधानका लागि आफुले सहयोग गर्ने बताउँनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेल प्रतियोगिताले खेल प्रतिभाको पहिचान र खेल क्षेत्रको प्रवद्र्धनमा सहयोग पुगेको बताउँदै गाउँपालिकाले खेलक्षेत्रको विकासका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले बजेट प्रर्याप्त नहुँदा ठुला पुर्वाधार निर्माण गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठले खेलप्रतियोगितालाई शान्तिपुर्ण ,मर्यादित रुपमा सम्पन्न गर्न शुभकामना व्यक्त गर्दै खेलक्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । क्लब अध्यक्ष नरेश पुन मगरले मौलिक कला संस्कृतिको जगेर्ना ,खेलप्रतिभाको पहिचान र खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले मेला संचालन गरिएको बताउँनुभयो । उहाँले पुर्वाधार निर्माणको लािग सहयोग गर्न गाउँपालिका र संघिय सरकारलाई आग्रह गर्नुभयो । कमल सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा क्लब सचिव पुकार घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएका् थियो । क्लब सचिव घर्तीका अनुसार ,आगामी ६ गते सम्म सञ्चालन हुने मेलामा पुरुष फाइभ ए साइड फुटसल ,पुरुष र महिला भलिबल ,तारो खेल लगायत प्रतियोगिताहरु संचालन भएका छन् ।साथै सोही अवसरमा वडा कार्यालयले पञ्चेबाजा समुहलाई ६० हजार हजार रुपैयाँ बराबरको आवश्यक सामग्री सहयोग गरेको छ । कार्यक्रममा मालिका गाउँपािलकाका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष टंकप्रसाद पुन ,कांग्रेस जिल्ला सहसचिव श्रीराम पौड्याल ,जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।  
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  २१:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP