शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बाँदुकमा खेलमैदान र फाइवर बोर्डको उद्घाटन
बाँदुकमा खेलमैदान र फाइवर बोर्डको उद्घाटन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ११, २०८०
IMG_6118
म्याग्दी । बादुकको श्रीकृष्ण आधारभूत विद्यालय परिसरमा पुननिर्माण भएको वास्केटबल खेलमैदान र फाइवर बोर्डको खेलकुद प्रतियोगिताको अवसरमा शुक्रबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान र स्थानीयबासीको श्रमदानमा गत आर्थिक वर्ष २०७९÷८० मा खेलमैदान ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष चुकबहादुर शेरपुञ्जाले बताउनुभयो । पुननिर्माण भएको खेलमैदानको गण्डकी प्रदेशका सांसद हरिबहादुर भण्डारीले दियोमा बत्ति तथा पुर्व सांसद बिनोद केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बास्केटबलको दुई वटा फाइवर बोर्ड स्थापना गर्न बादुक घर भई हाल सिंगापुर प्रहरीमा कार्यरत मिथुन शेरपुञ्जाको नेतृत्वमा रु. चार लाख २६ हजार चन्दा संकलन भएको थियो । फाइबर बोर्डको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले शिलालेख अनावरण र चन्दा संकलनमा अगुवाई गरेका शेरपुञ्जाले रिवन काटेर उद्घाटन गर्नुभएको थियो । बादुकमा यसअघि निर्माण भएको खेलमैदान पहिरोले पुरिएको र विद्यालय परिसरको खेलमैदान जिर्ण भएपछि ढलान गर्न स्थानीयबासीको अनुरोधमा पुर्व सांसद केसीको सिफारिसमा गत आर्थिक वर्षमा बजेट बिनियोजन भएको थियो । अहिले ढलान भएको खेलमैदानको लम्बाई र चौडाई मापदण्ड नपुग्ने तथा दर्शक बसेर खेल अवलोकन गर्ने प्याराफिट बनाउन आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष चुकबहादुर शेरपुञ्जाले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ११:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP