शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • तिप्ल्याङ–बादुक सडकलाई बाह्रै महिना गाडी चल्ने बनाउछौ–सांसद भण्डारी
तिप्ल्याङ–बादुक सडकलाई बाह्रै महिना गाडी चल्ने बनाउछौ–सांसद भण्डारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ११, २०८०
IMG_6172
म्याग्दी । बाँदुक भूमेयुवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तिप्ल्याङ–बादुक सडकलाई बाहै महिना गाडी चल्ने बनाउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सहभागी भएका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेश सभा सदस्य भण्डारी, गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र वडा अध्यक्ष बिलबहादुर फगामीलाई तिप्ल्याङ–बादुक सडक स्तरोन्नति र तिप्ल्याङमा भिसी संग्रहालय बनाउने लगायत अनुरोधपत्र स्थानीयको तर्फबाट वडा सदस्य बलमान गौचनले हस्तान्तरण गर्नुभएको थियो । अनुरोधपत्र बुझेपछि म्याग्दी क्षेत्र (क)बाट निर्वाचित सांसद भण्डारीले तिप्ल्याङ–बादुक सडकलाई मर्मत, स्तरोन्नति गरी बाह्रै महिना सहज र सुरक्षित रुपमा नियमित यातायात सञ्चालन गर्न प्रदेश सरकारबाट योजना र बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । “हामी निर्वाचित भएपछि प्रधानमन्त्रीसँग भेटेर विद्युत नपुगेका गुर्जा बाहेकका बाइस सय घरमा केन्द्रिय लाईन विस्तार गर्न बिनियोजन भएको रु. २१ करोड बजेटको नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गरिसकेको छ,” उहाँले भन्नुभयो “रघुगंगा गाउँपालिकाको बासिन्दाले प्रयोग गर्ने बेनी–पाखापानी सडक पिच गर्न यो वर्ष रु. बीस करोडको ठेक्का लगाउने प्रक्रीया अघि बढेको छ । अलपत्र परेको पिप्ले–भगवति सडकको ठेकेदारलाई काममा फर्काएर कालोपत्र गराउन सफल भएका छौ । भगवति हुदै बेगखोला सम्म जोड्ने सडकलाई पनि कालोपत्र गर्न यो योजनालाई निरन्तरता दिन्छौ ।” गण्डकी प्रदेशका पुर्व सांसद बिनोद केसीले आफ्नो कार्यकालमा बेगखोला बृहत खानेपानी आयोजनालाई पूर्णता दिनुका साथै बेगखोला सिचाई आयोजना निर्माण भएको र बादुकमा सिचाई आयोजनाका लागि गरेको पहल अनुसार चालु आर्थिक वर्षमा रु. बीस लाख बजेट बिनियोजन भएर कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । खेलमैदान, पदमार्ग निर्माणमा पनि आफ्नो कार्यकालमा सहयोग गरेको केसीको भनाई थियो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, वडा अध्यक्ष बिलबहादुर फगामी र वडा सदस्य भक्तबहादुर शेरपुञ्जाले तिप्ल्याङ–बादुक सडकलाई मर्मत गरिरहेको तर ठूलो लगानी गरेर मर्मत गर्न संघ र प्रदेश सरकारमा पहल गरेको बताउनुभयो । तिप्ल्याङमा स्व. भिसी तुलबहादुर पुनको परिवारले उपलब्ध गराएको जग्गामा संग्रहालय बनाउन डिपिआर बनाएर बजेटका लागि पहल गरेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । वडा अध्यक्ष फगामीले बादुकलाई सिमी र बदामको पकेट क्षेत्र बनाउन जोड दिएको बताउनुभयो । बादुकका बासिन्दाले शुरु गरेको सामुहिक सुन्तला खेतीलाई सघाउने बताउनुभयो । प्रतिनिधिसभा सदस्य गर्बुजा, प्रदेश सांसद भण्डारी, गाउँपालिका अध्यक्ष भण्डारी लगायतले कालिका मावि, प्रस्तावित भिसी संग्रहालय, बेनी–जोमसोम सडकको निरिक्षण गर्नुभयो । भिसी समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्नुका साथै भिसीको घरमा पुगेर अवलोकन गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ११:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP