शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • काँग्रेसका महामन्त्री थापा घोडेपानीमा
काँग्रेसका महामन्त्री थापा घोडेपानीमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक १५, २०८०
IMG_6293
घोडेपानी । काँग्रेसका महासचिव गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुखी बनाउन विधान संसोधन गरिने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री थापाले काँग्रेसको संगठन बलियो बनाउन बिधानमा संसोधनको प्रस्ताव लैजाने बताउनु भएको हो । “उमेद्वार बन्न वडा, पालिका र जिल्ला तहकै कार्यकर्ताबाट अनुुमोदित हुुनुपर्ने बिधानमै व्यवस्था गर्न आवश्यक छ,” उहाँले भन्नुभयो “नेतालाई कार्यकर्ता र जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन बिधान संसोधन गर्न छलफलमा छौ ।” थापासँग स्थानीय कार्यकर्ताहरुले पार्टीको नेतृत्व र चुनावमा उमेद्वारलाई टिकट पाउनका लागि नेताको वरिपरि घुम्ने र कार्यकर्तालाई वेवास्ता गरेका गुनासो गरेका थिए । प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका थापासँग घोडेपानीका होटल व्यवसायीहरुले कोभिडपछिको पर्यटन अझै लयमा फर्कन नसकेको, जलवायु परिवर्तनको असर पर्यटन व्यवसायमा पनि परेको र सडकका कारण विस्थापित पदमार्गको विकल्प बनाउनुपर्ने बनाउन अनुरोध गरेका थिए । थापाले नेपालीहरुलाई विदेश भन्दा पनि पहिले नेपालनै घुम्ने वातावरण बनाउन सकेमा नेपालको पैसा विदेशिन रोकिने बताउनुुभयो । घोडेपानीका होटल व्यवसायी सपना गुरुङले पुराना पदमार्गलाई जोगाएर सडक बनाउन आवश्यक रहेको बताउनुभयो । अर्का होटल व्यवसायी जुली ठकुरी पुनले कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रर्वद्धनात्मक गतिबिधिमा जोड दिनुपर्ने बताउनुभयो । सडकका कारण पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धन गर्न उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहनुभएका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुुनले कास्कीको नयाँपुल घोडेपानी हुदै पोखरेबगर जोड्ने पोखरा बेनी जोमसोम सडकको वैकल्पिक सडक बनाउनुपर्ने बताउनुभयो । भुरुङ–तातोपानीका होटल व्यवसायी प्रेम गुरुङले टानले संकलन गर्ने करको सदुपयोग नभएको गुनासो गनुभयो । पुुर्वमन्त्री समेत रहनुभएका थापाले घोडेपानी पुनहिल क्षेत्रको पर्यटन पूर्वाधार निर्माण र प्रर्वद्धनका लागि राज्यको लगानी भित्र्याउन पहल गर्ने बताउनुभयो । नेता थापा पदयात्राका लागि कास्कीको उल्लेरी हुुदै मंगलबार साँझ घोडेपानी आउनुभएको हो । उहाँलाई घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुुन, होटल व्यवसायी टेकसर पुन लगायतले स्वागत गर्नुभएको थियो । मंगलबार बिहान पुनहिलबाट दृष्य अवलोकन गरेर कास्कीको घान्द्रुक जाने कार्यक्रम रहेको थापाको भ्रमण टोलीका सदस्यले बताएका छन् ।  

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  २०:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP