शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • स्वर्गाश्रम र बेलढुङ्गामा पत्रकार महासंघ म्याग्दीको पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्बिरहरु)
स्वर्गाश्रम र बेलढुङ्गामा पत्रकार महासंघ म्याग्दीको पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक १६, २०८०
IMG_9723
बेनी । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली पर्यटन र कृषिमा सम्भावना भएको क्षेत्र भएपनि प्रचारप्रसार र बजारीकरणको अभावले समस्या झल्नुपरेको बताएका थिए । पत्रकार महासंघ म्याग्दी शाखाले स्थानीय सरोकारवाला निकायसँग सहकार्य गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने अभियान अन्तरगत बेनपा–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको सिमानामा अवस्थित पर्यटकीयस्थल बेलढुंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुनले बेलढुंगाको पर्यटन विकासले भकिम्लीबासीको आर्थिक जिवनमा समेत सुधार आउने बताए । उनले भकिम्लीबाट बेलढुंगाको पर्यटन पूर्वाधारमा ६ बर्ष अगाडी १ लाख विनियोजन गरिएपछि पर्यटकीय गन्तब्य बनेको बताए। त्यस्तै भकिम्लीका समाजसेवी पृथबहादुर पुनले बेलढुंगालाई दुबै क्षेत्रबाट उच्च प्राथमिकता दिएकाले यो अवस्थामा आएको बताए ।बागलुङ र म्याग्दीको सिमानामा रहेकाले पर्यटकीयस्थलबाट दुबै क्षेत्रले लाभ लिनुपर्नेमा मुसुङका स्थानीय लिलबहादुर छन्त्यालको भनाई थियो । पर्यटन क्षेत्र धरासायी भएकाले यसलाई उकास्न आन्तरिक पर्यटकलाई घुमफिरको वातावरण बनाउनका लागि पत्रकार महासंघ म्याग्दीले सुरु गरेको अभियानबाट उत्साहित भएको भकिम्लीबासीको भनाई थियो । कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले पर्यटकीय क्षेत्रमा पूर्वाधार विस्तार तथा प्रचारप्रसार आवश्यक रहेको बताए । बेलढुंगामा आयोजित कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सहसचिव साधन राम्जालीले गरेका थिए । त्यस्तै १ सय बर्ष पूरानो भकिम्लीको स्वर्गाश्रममा आयोजित कार्यक्रममा प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको आश्रम क्षेत्रलाई धार्मिक गन्तब्य बनाउनुपर्ने बताइएको थियो । स्वार्गाआश्रम बेलढुंगा ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले प्राकृतिक रुपमा अत्यन्त रमणीय,आध्यात्मिक आस्थाको केन्द्र,पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रममा आवश्यक पर्ने पूर्वाधार विस्तारमा सरकारी निकायबाट नियमित सहयोग तथा सञ्चार क्षेत्रबाट समेत यहाँको सम्भावनाका नियमित समाचार प्रकाशित गरेर सहयोग गर्नुपर्नेमा जोठ दिए । उनले स्वार्गाआश्रमका बारेमा खोज र अनुसन्धानबाट करिब १ सय बर्षको इतिहास पाइएपनि आश्रम आसपासका क्षेत्रमा रहेका तपस्थीस्थल लगायतका प्राचिन बस्तुले सयौंबर्ष पूरानो इतिहास रहेको अनुमान गरिएको बताए। स्वर्गाश्रमबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिने उनले बताए । अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष पदम पुनले तपस्वीनी सरस्वती घना जङ्गलको बीचमा रहेको स्वर्गाश्रममा एक्लै तप र ध्यान गरेको स्थान सहितका क्षेत्रहरु संरक्षणको पहल भइरहेको बताए। कार्यक्रममा भकिम्लीको भुकभुके आमा समुह, थोटनरी आमा समुह, मुसुङ र डोले आमा समुहले भजनकृतन सहित आश्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको समानामा बोल्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले म्याग्दीमा अनगिन्ती पर्यटकीय गन्तब्य भएपनि पर्यटक पुग्न नसकेका धेरै स्थानहरुमा बारेमा पत्रकार महासंघले पर्यटन प्रर्वधनमार्फत अभियान सञ्चालन गरेको बताए । पर्यटकीय क्षेत्रलाई चलमायन बनाउन आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने उनले बताए । पत्रकार महासंघले म्याग्दीका ओझेलमा परेका पर्यटकीयस्थलहरुको पहिचान गरी संस्थागत रुपमै पुगेर प्रचारप्रसारको थालनी गरेको छ ।  
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २२:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP