शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु
च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक १९, २०८०
IMG_0150
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटमा विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम सुरु भएको छ । परिवर्तन युवा क्लबको पहिलो वार्षिकोत्सव ,शुभदिपावलीको अवसरमा आइतबारदेखि सुरु भएको विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रमको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो । उहाँले गाउँ-गाउँमा सञ्चालन हुने मेला  खेलकुद प्रतियोगितालाई व्यवस्थित,स्तरीय र व्यवसायीक बनाउनुपर्नेमा जोड दिनुभयो ।‘खेल गाउँबस्ती ,जिल्ला र देशलाई नै चिनाउने एउटा चिनारी होे । खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनको लागि गाउँपालिकाले सक्दो सहयोग र पहल गर्छ,’उहाँले भन्नुभयो,‘युवाहरु अनुशासित र सिर्जनात्मक हुन सकेमा मात्र गाउँसमाज परिवर्तन गर्न सकिन्छ ।’ खेलकुदक्षेत्रको विकास र खेलप्रतिभाको पहिचान गर्न प्रतियोगिताले मदत पु¥याउनेमा विश्वास व्यक्त गर्दै वडा अध्यक्ष भेजेन्द्रमान पुनले सभ्य र शान्तिपुर्ण रुपमा सफल बनाउन वडा र आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष पुनले प्रतियोगितालाई तीस हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभयो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले गाउँमा सञ्चालित प्रतियोगिताले खेलक्षेत्रको विकास गर्नमा मदत पुग्ने बताउनुभयो । क्लबको आयोजना ,समाजसेवी जीवन पुन मगरको आर्थिक सहयोग र भलिबल संघको सहकार्यमा दश दिन सम्म सञ्चालित भलिबल प्रशिक्षणको मुख्य प्रशिक्षक समेत रहनुभएका बानियाँले गाउँमा लुकेर रहेका प्रतिभा पहिचान गर्नमा समेत सहयोग पुगेको बताउनुभयो । प्रशिक्षणका क्रममा पहिचान भएका प्रतिभावान युवाहरुलाई म्याग्दी जिल्ला भलिबल संघले प्राथमिकता दिएर प्रोत्साहन र प्रवद्र्धन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । क्लब अध्यक्ष थमबहादुर घर्ती मगर (थमप्रकाश)ले खेलकुद क्षेत्रको प्रवद्र्धन,खेलप्रतिभाको पहिचान र स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । क्लबका पुर्वसचिव छकप्रसाद राम्जाली (छवी)ले सञ्चालन गर्नुभएको कार्यक्रममा दाजुखोला लघुजलविद्युतका अध्यक्ष जगबहादुर घर्ती मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । जनप्रतिनिधि ,विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सोमबारदेखि पुरुष भलिबल खेल सञ्चालन क्लब सचिव मदन पुनले जानकारी दिनुभयो । प्रौढ ,महिला भलिबल र तारो खेल लगायत प्रतियोगिताहरु संचालन हुनेछन् ।  
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २३:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP