शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • मालिका धुरीमा पत्रकार महासंघको पर्यटन प्रर्वद्धन कार्यक्रम
मालिका धुरीमा पत्रकार महासंघको पर्यटन प्रर्वद्धन कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक २२, २०८०
IMG_E4455
मालिका । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा बुधबार पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तरगत समुन्द्रि सहतदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीको धार्मिक पर्यटकीय सम्भावना, चुनौति र अवसरको विषयमा अन्तरक्रिया गरिएको हो । म्याग्दीका ओझेलमा परेका धार्मिक पर्यटकीय स्थलको पर्यटन विकास र प्रर्वद्धन गर्ने उद्देश्यले स्थलगत रुपमा कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । यसअघि गत हप्ता बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिकाको सिमानामा रहेको बेलढुङ्गामा पर्यटन प्रर्वद्धन कार्यक्रम गरिएको थियो । मालिकाको धुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छे«, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमशंखला देखिन्छन् । विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हुने प्रशस्त सम्भावना रहेको यो ठाउँले पूर्वाधार अभावमा आफ्नो पहिचानलाई विदेशीमाझ भने फैलाउन सकेको छैन । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको मालिका संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । मालिका, कालिका र जालपा देवीको मुर्ति रहेको मालिका मन्दिरमा जेष्ठि, चण्डी पुर्णिमा र भाइटिकाको दिन विशेष पुजाआजा हुन्छ । अन्य समयमा पनि पुजाआजा हुने गर्छ । मालिकाको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । बिम, दुखु, हिदी, टोड्के र ठाडाखानीको बाटो भएर पुग्न सकिने बस्ती देखि टाढा रहेको मालिकामा खानेबस्ने र खानेपानीको व्यवस्थापन गर्नुपर्ने मालिका–७ बिमका ८३ वर्षीय पलबिर जुग्जालीले बताउनुभयो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले भक्तजनको अस्थायी बसोबासका लागि सत्तल, पदमार्ग र खानेपानी निर्माण गरिएको बताउनुभयो । “सत्तल र खानेपानीलाई व्यवस्थित बनाउने प्रयासमा छौ,” उहाँले भन्नुभयो “बिम हुदै मालिका धुरी जोड्ने सडकलाई नागिथला सम्म पु¥याएर यात्राअवधि छोट्याउने उद्देश्यले यस वर्ष रु. ८३ लाख बजेट बिनियोजन भएको छ ।” मालिका धुरीलाई केन्द्रित गरेर बेनी–टोड्के–मालिका धुरी हुदै धौलागिरि हिमालको आधार शिविर जोड्ने पदमार्गको परिकल्पना गरिएको छ ।कार्यक्रम महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाको प्रमुख अतिथ्यता, महासंघ उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव सन्तोष गौतमको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २०:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP