शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पर्वतारोही निर्मल पुर्जाले लिए गैरआवासीय नेपाली नागरिकता
पर्वतारोही निर्मल पुर्जाले लिए गैरआवासीय नेपाली नागरिकता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक २३, २०८०
IMG_E4590
म्याग्दी । किर्तिमानी पर्वतारोही निर्मल पुर्जाले जन्मथलो म्याग्दीमा आएर गैरआवासीय नेपाली नागरिकता लिनु भएको छ  । बेलायतमा बसोबास गर्ने पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिन बिहिबार काठमाडौबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आउनुभएको हो ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जालाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुभयो । नागरिकता लिएपछि बेनीमा १५ मिनेट बिताएका पुर्जा हेलिकप्टरबाटै अमादम्बा हिमालतर्फ जानुभएको छ । “दशै अघिनै एनआरएनए नागरिकता बनाउन आवेदन दिएको थिए । आमदब्लाम हिमालमा आरोही लिएर गएकाले फुर्सद् भएन । काठमाडौमा आएको समयमा हतार भएपछि नागरिकता लिन हेलिकप्टर चार्टर गरेर आएको हो,” उहाँले भन्नुभयो “गैरआवासीय नागरिकताले मातृभूमिप्रति गौरवान्वित भएको छु । यो व्यवस्थाले नेपालमा गैरआवासीय नेपालीको लगानी भित्र्ने वातावरण बन्ने अपेक्षा गरेका छौ ।” विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल छ महिनामा चढेर किर्तिमान बनाएका पुर्जाको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना हो । बेलायती सेनाको विशेष सैनिक फोर्सको जागिर छोडेर हिमाल आरोहण गर्न थालेका पुर्जा हाल पर्वतारोहण व्यवसाय गर्नुहुन्छ । उहाँले हालै संसारको अग्लो सगरमाथा हिमालबाट स्काइभ डाइभ गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कत्तिक १७ गतेदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको थियो । हालसम्म ४ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको प्रजिअ पौडेलले बताउनुभयो । ४० जनाले गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन पेश गरेका छन् । गत जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । वि.स. २०७२ मा जारी भएको नेपालको संविधानले गैरआवासीय नागरिकताको व्यवस्था गरेको थियो । एनआरएन नागरिकता लिनेहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउदैनन् । नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउँछन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्था ऐनमा छ । गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको वडाको सिफारिस र विदेशी नागरिकता प्राप्त गरेको प्रमाणसहित कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूूचना जारी गरेको छ । गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १९:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP