शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा
सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर ६, २०८०
IMG_8986
बेनी । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९÷८० मा रु. एक अरब, ३८ करोड, ४५ लाख एक हजार ५८६ बचत, रु. एक अरब ४५ करोड ९३ लाख ७९ हजार ११९ कर्जा लगानी र दायित्व रहित कोषहरुमा रु. नौ करोड ४० लाख ८८ हजार ३९२ रकम रहेको साधारणसभामा जानकारी गराइएको थियो । साधारणसभामा सिवाइसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले सदस्यले माया गरेसम्म कसैको श्रापले संस्था नबिग्रने पुष्टि भएको बताउदै विपन्न र पिछडिएको समुदायमा वित्तिय र गैर वित्तिय सेवाको पहुँच बढाउने अभियान जारी रहने प्रतिवद्धता जनाउनुभयो । सिद्धान्त विपरित चलेका केही सहकारीको समस्यालाई आधार मानेर समग्र सहकारीहरुका विषयमा नकारात्मक टिप्पणी नगर्न र आफ्नो लगानी रहेको संस्थालाई निगरानी गर्न सेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, गरिमा विकास बैंकका सञ्चालक दिपेन्द्रकुमार श्रेष्ठ, परामर्शदाताको तर्फबाट धनन्जयकुमार श्रेष्ठ र सम्मानित सदस्यको तर्फबाट नवराज पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा असल सदस्य बिधामा सेहुन रानामगर, दिनेश जि.सी., दिलकुमारी शेरचन, कुन्ती क्षेत्री, असल सदस्य परिचयपत्रमा रोजी बुढा जिसी, श्यामकुमारी छन्त्याल, लक्ष्मण शर्मा, केशवराज आचार्य, गैरीदेवी रिजाल, नवराज पौडेल सम्मानित हुनुभएको थियो । ८० वर्ष पुरा गर्नुभएकी बेनपा ४ की कृष्णकुमारी श्रेष्ठ र बेनपा–६ की झरी पाध्यालाई स्वास्थ्य जाँच खर्च वापत रु. पाँच हजार प्रदान गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले प्रगति र वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सिवाईसी सहकारीको बेनी सदस्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमिति संयोजक तुलसीनाथ सुवेदीको अध्यक्षता, सह–संयोजक भिमबहादुर श्रेष्ठको स्वागत र कोषाध्यक्ष माधव आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २०:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP