शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गरिमा विकास बैंकद्वारा बार्षिकोत्सवमा गलेश्वरधाममा न्यानो कपडा वितरण
गरिमा विकास बैंकद्वारा बार्षिकोत्सवमा गलेश्वरधाममा न्यानो कपडा वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर ७, २०८०
403636930_1393292047938651_1238753777340640108_n
बेनी । गरिमा विकास बैंकले बेनी नगरपालिका–९,स्थित गलेश्वरधामको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैकले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा बिहिबार एक कार्यक्रमका बिच ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो । बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका प्रथम मेयर हरिकुमार श्रेष्ठले ९४ बर्षिया धनसरी पाइजालाई न्यानो कपडा वितरण गदैं कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वित्तिय कारोबारसँगै म्याग्दीमा जेष्ठ नागरिकलाई सम्मान, शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताउनुभयो ।उहाँले बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित कार्यक्रम गर्ने गरेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी,गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, पुलस्त्य पुलह अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले म्याग्दीमा शाखा विस्तार गरेका ठूला बैंकको संख्या धेरै भएपनि सामाजिक उत्तरदाहित्व अन्तरगत समुदायस्तरमा सहयोग गर्नेको संख्या न्यून रहेको अवस्थामा हरेक बर्ष गरिमा विकास बैंकले सहयोग गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । न्यानो कपडा वितरण कार्यक्रममा सहभागी जेष्ठ नागरिक ९४ बर्षिया पाइजाले सहयाोग गरेकोमा धन्यवाद दिदैं आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो। न्यानो कपडा वितरण कार्यक्रमा बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठले यो समय चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न जेष्ठ नागरिकलाई आग्रह समेत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सञ्चालक समिति सदस्य श्रेष्ठ, स्वागत बेनी शाखा प्रमुख कमलप्रसाद ढुंगाना र सञ्चालन शाखाका बरिष्ठ सहायक शंकरप्रसाद सुबेदीले गर्नुभएको थियो । बैंकको सदरमुकाम बेनी, बावियचौर, दरबाङ, पोखरेबगरमा शाखा रहेको छ । देशभर १ सय २३ शाखा रहेको बैंकले बार्षिकोत्सवको अवसरमा १७ स्थानमा न्यानो कपडा वितरण, रक्तदान सहित विभिन्न कार्यक्रम गरी मनाएको छ ।    
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २०:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP