शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (तस्बिरहरु)
जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर ८, २०८०
IMG_9067
मल्लाज । पर्वतको जलजला गाउँपालिका–३,मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम परियारले उद्घाटन गर्नुभयो ।प्रतियोगितामा दुई निजी सहित १२ वटा मावि र ४ वटा आधारभूत विद्यालयले सहभागिता जनाएका छन् । एथलेटिक्स, कवड्डी र भलिबल बिधामा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने गाउँपालिकाको शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो । “प्रत्येक इभेन्ट, बिधागत र समग्रमा प्रथम, दृतीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्थापन गरेका छौ,” उहाँले भन्नुभयो “सबै बिधामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयले राष्ट्रपति रनिङ शिल्ड पनि लैजानेछ ।”भलिबलमा प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश रु. छ हजार, चार हजार पाँच सय र तीन हजार, कवड्डीमा प्रथम, दृतीय र तृतीय हुनेले चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय र एथलेटिक्स बिधाका खेलमा प्रथम हुने खेलाडीले व्यक्तिगत रु. एक हजार दुई सय देखि दुई हजार रुपैयासम्म पुरस्कार पाउने जनाइएको छ । पहिलो दिन सबै खेल शुरु गरिएको र दोस्रो दिन फाईनल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो । प्रतियोगिता उद्घाटन कार्यक्रममा जिसस प्रमुख परियारले विकासमा विभेदको अन्त्य गरि सबैको अपनत्व हुने वातावरण बनाउनुपर्ने बताउनुभयो ।“जलजला गाउँपालिका नदीजन्य स्रोतको हिसाबले आन्तरिक आम्दानी गर्न सक्ने धेरै आधार भएपनि अदालतको अड्चनले बञ्चित भएको छ,” उहाँले भन्नुभयो “स्थानीय तहको आन्तरिक आम्दानी बृद्धी गर्ने र स्थानीय विकासमा परिचालन गर्ने विषयमा जिसस पर्वत सर्वोच्च अदालत सम्म पुगेर लडिरहेको छ ।” जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले खेलकुदलाई शिक्षासँग जोड्ने योजना अनुसार यस वर्ष शैक्षिक क्यालेण्डर अनुसार पर्वत जिल्लामै पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले थालेको अभियानमा खेलकुदलाई पनि जोडेका छौ,” उहाँले भन्नुभयो “अनुशाषित, लगनशिल, मेहनती जनशक्ति उत्पादन गर्न खेलकुदले सहयोग पुग्ने अपेक्षा गरेका छौ ।” जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका पालिका सभापति इन्दुप्रकाश पौडेल, एमालेका पालिका अध्यक्ष बाबुराम कार्की, माओवादी केन्द्रका यामबहादुर जिसी, विद्याज्योती माविका प्रअ रघुनाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिसस पर्वतका उपप्रमुख सोमबहादुर जिसी लगायतको उपस्थिति रहेको कार्यक्रमको उद्घाटन समारोहमा सहभागी विद्यार्थीहरुले मार्चपास गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०९:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP