शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र सुरु (तस्बिर/भिडिओ)
बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र सुरु (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर ९, २०८०
IMG_0031
म्याग्दी । कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । गत माघ महिना देखि सडक स्तरोन्नति सहित कालोपत्र आयोजना अगाडी बढाइएको थियो ।उक्त सडक खण्ड आयोजना स्तरोन्नतिको लागि जय धन्नजय/मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि. जेभीले ठेक्का लिएको छ ।राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत सडक स्तरोन्नतिका सहित कालोपत्र गर्न निर्माण कम्पनीसंग दुई वर्षभित्र निर्माण सक्नेगरी १२ करोड २५ लाख ९४ हजार चारसय ३६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । [embed]https://youtu.be/kVcQ5t9HnxU[/embed] बेनी देखि गलेश्वर सम्म दुई किलोमिटर एकसय दुई मिटर साँघुरो सडकलाई आठ मिटरको फराकिलो पारिएको छ । खोल्साहरुमा कल्भट निर्माण गरिएको छ । दुईसय मिटर आरसीसी ढलान गरिएको छ । सात मिटर चौढाईमा डिबिएसडी प्रविधिको कालोपत्र गर्नका लागि शनिबार देखि प्राइम कोर्ड राख्न थालिएको छ ।कालीगण्डकी कोरिडोर आयोजनाका इन्जिनियर अच्युतविलास पन्तले कोरिडोर अन्तर्गत ठेक्का लागेका खण्डमध्ये छिटो र छोटो समयमै डिविएसडी किसिमको कालोपत्र काम अघि बढेको खण्ड बेनी– गलेश्वर सडक रहेको बताउनुभयो । उहाँले निर्माण कम्पनीले २०७९ सालको माघ ६ गतेबाट सुरु गरेको योजनाको काम ११ महिनाको अवधीमा सडक तलमाथिको पर्खाल, नाली, चार वटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र २ सय मिटर आरसिसी ढलानसहित सकेर एक किलोमिटर ९ सय मिटर सडकको डिविएसडी किसिमको कालोपत्रेको काम शनिबारदेखि सुरु गरेको बताउनुभयो । उहाँले यो कालोपत्रको काम एकहप्तामा सम्पन्न हुने जानकारी दिनुभयो । ठेकेदारले प्रयाप्त मात्रामा उपकरण र मजदुर परिचालन गरेर एकवर्ष भित्रनै योजनाको काम सम्पन्न गर्न लागेको हो ।सडक कालोपत्र भएपछि प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम,म्याग्दीको उत्तरी भेग र मुस्ताङ जान सहज हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विश्वास व्यक्त गर्नुभयो ।निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता मितिभन्दा अगावै योजना सम्पन्न गर्न काम थालेदेखि नै निर्माणलाई तिव्रता दिएको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २१:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP