शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण आधार शिविरको पदयात्रा
अन्नपूर्ण आधार शिविरको पदयात्रा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १५, २०८०
Main annapurna base camp padayatra
नारच्याङ । समुन्द्रि सतहदेखि चार हजार तीन सय पाँच मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रर्वद्धनका लागि पदयात्रा गरिएको छ ।म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रर्वद्धनका लागि विज्ञहरु सहितको टोली नारच्याङ हुदै अन्नपूर्ण हिमालका प्रथम आरोही ‘मौरीस हर्गोज’ले प्रयोग गरेको पदमार्ग पछ्याउँदै आधार शिविर पुगेर बिहिबार फर्किएको हो । अन्नपूूर्ण गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा भएको सोमबारदेखि शुरु भएको पदयात्रामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधीकारी, विज्ञ, जनप्रतिनिधी, प्राबिधिक, पत्रकार र स्थानीय अगुुवाहरुको सहभागिता थियो ।आयोगका उपाध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्धबहादुर गुरुङ, नेपाल सरकारका पुर्व मुुख्य सचिव डा. सोमलाल सुुवेदी, पर्यटन विज्ञ तथा सिटिईभिटिका पुर्व सदस्य सचिव रामहरी कोइराला सहितको २५ जनाको टोली नारच्याङको हुमखोला देखि दुई दिन पैदलयात्रा गरेर आधार शिविर पुगेको थियो । मौरीज हर्गोजले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर बनाएको पदमार्गमा पर्यटक भित्र्याउन र पूर्वाधार निर्माणका लागि सुझाव लिन विज्ञहरु सहितको पदयात्रा गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।“अन्नपूूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टी लगायतको लाभ हामीले पाउन सकेका छैनौ” अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले भन्नुभयो “यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।” हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत, चार हजार एक सय ९५ मिटर उचाईमा रहेको नारच्याङ पञ्चकुुण्ड ताल हुुदै आधार शिविर सम्म पैदलयात्रा गरिएको थियो ।पैदलयात्राका क्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, ईञ्जिनियर ईश्वर भण्डारी र राजस्व अधिकृत नविन भट्ट लगायत प्राविधिक टोलीले पदयात्रामा निर्माण गर्नुुपर्ने पुुर्वाधार र नक्साङकनका लागि सर्वेक्षण पनि गरेको छ । पदयात्रा टोलीमा सहभागी वित्त आयोगका अध्यक्ष पौडेल र सदस्य गुरुङले अन्नपूर्ण हिमाल आरोहरणको रोयल्टीका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गरेको दावीलाई तथ्य र तथ्याङ सहित अध्ययनपछि सरकारलाई सिफारिस गरिने बताउनुभयो ।पुर्व मुख्य सचिव सुवेदीले छोटो समयमा सहज रुपमा पुग्न सकिने अन्नपूर्ण आधार शिविर रमणीय र मनमोहक रहेको बताउनुभयो । पर्यटन विज्ञ कोइरालाले पदमार्गमा होटल, सञ्चार, सुरक्षा, खानेपानी, विद्युत, सरसफाईका पूर्वाधार बनाउन सुझाव दिनुभयो । झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि यसपालीको शरदयाममा पहिलो पटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका थिए । नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तब्य रोज्नेहरुलाई अन्नपूर्ण नर्थ वेसक्याप आकर्षक गन्तब्य बन्ने सम्भावना रहेको पुर्व मुख्य सचिव सुवेदीले बताउनुभयो ।सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाईमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु. दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु. ४० लाख भन्दा बढी लगानी गरेका छन् । अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने वडा सदस्य भिम शेरपुञ्जाले बताउनुभयो ।अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ । चिसोले पानी जमेको तालमाथी पदयात्रा टोलीमा सहभागीहरुले साहासिक यात्रा गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १२:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP