शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु,सांसद गौचनद्धारा उद्घाटन(तस्बिर/भिडिओ)
अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु,सांसद गौचनद्धारा उद्घाटन(तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर १९, २०८०
DSC_0077
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिताको उदुघाटन गरिएको छ । उक्त प्रतियोगिताको मंगलबार गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचनले उद्घाटन गर्नुभयो । मंसिर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागिता जनाएका छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्षको मुख्य प्रायोजक राम–विमला फाउण्डेशनका संस्थापक प्रदेश सदस्य गौचनले एकलाख रुपैयाँको चेक अध्यक्ष सुमन बानियाँलाई हस्तान्तरण गर्नुभएको थियो। भिडिओ हेर्नुहोस् [embed]https://youtu.be/CkUQRlNtl74[/embed] [caption id="attachment_71693" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य सांसद गौचनले विद्यालय स्तरमा फुटबल खेलको विकासका लागि प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीहरुमा खेल प्रतिभाको प्रस्फुटन र क्षमता विकास गर्न जेसीज कप फुटबल प्रतियोगिता उपयोग हुने उहाँको भनाइ थियो । ‘२१ औँ संस्कणसम्म निरन्तर भएको यस प्रतियोगिताले विद्यालय तहदेखि नै जिल्लास्तरमा फुटवलप्रतिको मोह बढाएको छ, खुल्लामञ्चको खेलकुद पूर्वाधारलाई पूर्णता दिन प्रदेश सरकारमा पहल गर्ने छु’,सांसद गौचनले भन्नुभयो । [caption id="attachment_71705" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] त्यस्तै बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले खुलामञ्चलाई मिनि रंगशाला बनाउने योजनाालाई पूर्णता दिनलाई नगरमा बजेट नभएको बताउनुभयो । उहाँले प्रदेश र संघीय सरकारले खुल्लामञ्चलाई पूर्णता दिने किसिमले बजेट छुट्याउनमा बेवास्ता गरेको बताउँदै अर्को बर्ष नगरले ५० लाख रुपैयाँ बजेट छुट्याउने योजना रहेको जानकारी गराउनुभयो । उहाँले अनुशासन पुर्वक खेल प्रतिभालाई अघि बढाउन प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । [caption id="attachment_71704" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने मुल संयोजक विनोद घर्तीले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार ५०० रुपैयाँ नगद पुरुस्कारले पुरस्कृत गरिने जानकारी दिनुभयो । भने अनुशासित टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । [caption id="attachment_71703" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] उद्घाटन कार्यक्रममा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष एवम् बेनी नगरपालिका वडानम्वर ७ का वडाअध्यक्ष रमेश कुमार श्रेष्ठ, पूर्व अध्यक्ष सुविन श्रेष्ठले जिल्लामा फुटवल खेलको विकासमा जेसीज कपको योगदानबारे चर्चा गर्दै खेलाडीहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्नुभयो । पूर्व अध्यक्ष श्रेष्ठले खुल्लामञ्चको पूर्वाधार निर्माणमा भएको ढिलाईप्रति प्रदेश माननीयलाई ध्यानाकर्षण गराउनुभएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले फुटवल क्षेत्रको विकासको लागि म्याग्दीमा फुटवल संघ आधिकारिक रुपमा दर्ता भएर अघि बढेको बताउनुभयो । [caption id="attachment_71702" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] म्याग्दी जेसीजका शाखा अध्यक्ष बानियाँको अध्यक्षता, प्रतियोगिताका मुल संयोजक घर्तिको स्वागत र महासचिब कुमार बानियाँको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठको उपस्थित भएको थियो । कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको शाखा अध्यक्ष बानियाँले भन्नुभयो । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहको विश्वकप मानिन्छ । [caption id="attachment_71711" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71710" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71709" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71708" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71707" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71706" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71701" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71696" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71697" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71698" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71699" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71700" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71691" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71690" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71692" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_71695" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]  
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २०:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP