शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • वडा कार्यालय भवन निर्माण ,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (तस्बिरहरु)
वडा कार्यालय भवन निर्माण ,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर २२, २०८०
takam ward office
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित भवनको शुुक्रबार धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन मगरले उद्घाटन गर्नुभयो । एक समारोहका बिच वडा कार्यालयको नयाँ भवनबाट सेवा शुभारम्भ गरिएको वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । “यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलमा कार्यालय सञ्चालन गरेका थियौ,” उहाँले भन्नुभयो “वडाको आफ्नै भवन भएपछि सेवा प्रवाह सहज हनेछ।” वि.स. २०७७ पुषमा भवन निर्माण शुरु भएको थियो । सामुदायिक भवन अघि आरसीयुपी परियोजनाले बनाएको भेटेरीनरीको भवनबाट वडा कार्यालय सञ्चालन भएको थियो । दुई चरणमा करिब रु. ६१ लाखको लागतमा भवन निर्माण सकिएको गाउँपालिकाले जनाएको छ । वि.स. २०७७ मा रु. ४७ लाखमा ठेक्का सम्झौता गरेको डोल्पो कन्ट्रक्सनले भवनको संरचना तयार पारेको थियो । पहिलो चरणमा भवन निर्माणका लागि जिल्ला समन्वय समितिले रु. तीस लाख सहयोग गरेको थियो । दोस्रो चरणमा २०७८ मा जयमा लक्ष्मी कन्ट्रक्सनसँग रु. १५ लाखमा भएको ठेक्का सम्झौता मार्फत पलास्टर, रंगरोगन, बिद्युत, पानी जडान लगायतको काम भएको थियो । फर्निचर व्यवस्थापन गरेर नयाँ भवनमा कार्यालय स्थानान्तरण गरिएको वडा सचिव तमबहादुर बिकले बताउनुुभयो । चार वटा कोठा रहेको भवनमा वडा अध्यक्ष लगायत जनप्रतिनिधि, वडा सचिव, सभाहल र बैठक कक्ष छन् । वडा कार्यालय भवन बनाउन टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा उपलब्ध गराउनुुभएको थियो । यसअघि साविक ताकम गाविस कार्यालयको भवन रहेको ठाउँमा थप जग्गा व्यवस्थापन गरेर वडा कार्यालयको नयाँ भवन बनाइएको हो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुुवेदी, पुुर्व वडा अध्यक्ष कलानिधी शर्मा, अन्य वडाका अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो । गाउँपालिकाका अध्यक्ष पुन मगरले गाउँपालिका अध्यक्ष पुन मगरले भवन निर्माण भएपछी सेवाग्राहीलाई सहज हुने बताउनुभयाे । उहाँले पुर्वाधारकाे दिर्घकालीन  संरक्षण गर्नकाे लागि स्थानीयबासीकाे समेत दायीत्व भएकाे बताउनुभयाे । सेवा प्रवाहलाई सहज बनाउन प्रशासकीय सहित वडा र स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । ताकम, मल्कवाङ र लुलाङमा वडा कार्यालय, गुर्जा र मुनामा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । ताकममा अलपत्र रहेको पाँच शैया क्षमताको अस्पताल भवन निर्माणलाई पूूर्णता दिन व्यवसायिलाई ताकेता गरिएको बताउनुुभयो । घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, मराङमा वडा कार्यालय र मुदीमा स्वास्थ्य चौकीको भवन निर्माणाधिन रहेको उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २२:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP