शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘आगमी दुई वर्ष भित्र देश विद्युतमा आत्मनिर्भर’ : मन्त्री बस्नेत
‘आगमी दुई वर्ष भित्र देश विद्युतमा आत्मनिर्भर’ : मन्त्री बस्नेत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर २३, २०८०
IMG_3132
म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगमी दुई वर्ष भित्रमा मुलुक पुर्ण रुपमा आत्मनिर्भर बन्ने बताउनुभएको छ । शनिबार समाजवादी नेपाल म्याग्दीको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले यस्तो कुरा बताउनुभएको हो ।नेकपा माओवादी केन्द्रको केन्द्रिय उपमहासचिव समेत रहनुभएका मन्त्री बस्नेतले पहिलेको विद्युत व्यापार घाटालाई कम गर्दै यो वर्ष मात्र करिब १८ अर्बको विद्युत निर्यात गर्ने बताउनुभयो ।देशको आर्थिक अवस्था लयमा फर्केको बताउँनुहुँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘‘गत वर्ष दश अर्बको विद्युत विक्री गरेर २० अर्बको खरिद गरेका थियौं । यो वर्ष करिब १८ अर्बको विद्युत विक्री गर्दै १०÷११ अर्बको मात्र खरिद गर्ने अवस्था सिर्जना गरेका छौं । विद्युत आयातको अन्त्य गर्दै आगामी दुई वर्ष भित्र मुलुक विद्युतमा विद्युत पुर्णरुपमा आत्मनिर्भर बन्छ ।’’ यो आर्थिक वर्ष भित्रमा म्याग्दी,बागलुङ,पर्वत लगायत जिल्लाका सबै वडामा विद्युत पु¥याउने प्रतिबद्धता जनाउनुभयो । वर्तमान सङ्घीय व्यवस्था नै सजिलो र समाजवाद उन्मुख रहेको बताउनुभयो ।पहिलेको भन्दा अहिलेका व्यवस्था राम्रो भएको बताउनुहुँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘‘अवस्था र व्यवस्था विचको चर्चा गर्दा हिजोको भन्दा अहिले राम्रो भएको छ । सबै क्षेत्रमा विस्तारै सुधार हुँदैछ । तर,यो पर्याप्त भने होइन ।’’ यो व्यवस्थाले सबै बर्बाद भयो भन्नु सहि र इमानदार बुझाई नभएको उपमहासचिव बस्नेतको भनाइ छ । साथै उहाँले समाजवादबारे जनतालाई बुझाउनुपर्ने र सरकारले गरेका राम्रा कामको पनि प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । काठमाडौंलाई सङ्घीयताबोध नभएको बताउँनुहुँदै उहाँले थप्नुभयो,‘‘सङ्घीय व्यवस्था काठमाडौंले बुझेको छैन । यदि सङ्घीय व्यवस्था बुझ्ने हो भने म्याग्दी आउनुपर्छ ,जाजरकोट पुग्नुपर्छ । सङ्घीय लोकतान्त्रीक व्यवस्थाले नै समाजवाद उन्नमुख व्यवस्था हो ।’’ ‘‘गास,बास,शिक्षा,स्वास्थ्य,रोजगारी र नागरिकको आधारभुत आवश्यकताहरु राज्यले पुरा गर्नुपर्दछ,ग्यारेन्टी गर्नुपर्दछ ।यो समावादी लोकतन्त्रका केही विशेषताहरु हुन् ,’’उहाँले थप्दै भन्नुभयो । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको विषयलाई लक्षित गर्दै उहाँले भन्नुभयो ,‘‘कतिपय हुँदैनहुने पर्ने निर्णयहरु अहिले भएका छन् ,हामी सुनिरहेका छौं । र,किन यतिबेला ति कुराहरु हाईलाइट भईराखेका छन्,किन कसैको नाममा पुर्जी जारी गर्नुप¥यो र किन कसैको नाममा आगो बाल्नुपर्ने अवस्था आयो ? हामी यी सबै कुराहरुलाई ध्यानपुर्वक र सावधानीका साथ हेरिरहेका छौं र बुझीरहेका छौं ।’’ साथै उहाँले सरकारका कामकारबाहीलाई,संसद भित्रको भुमिकालाई समाजवाद उन्मुख बनाउन र समाजवादी चेतना फैलाउन समाजवादी मोर्चाले योगदान दिनेमा विश्वास व्यक्त गर्नुभयो । समाजवादी मोर्चा नेपालका सचिव प्रवेश हमाल ,नेकपा स्थायी कमिटि सदस्य भरत (सी) ,समाजवादी मोर्चा नेपाल म्याग्दी संयोजक एवं गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १८:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP