शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी सहकारीको अध्यक्षमा पुनः थदेवी पुन
म्याग्दी सहकारीको अध्यक्षमा पुनः थदेवी पुन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर २४, २०८०
FB_IMG_1702170224820
म्याग्दी । काठमाडौंमा १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सामाखुशीमा सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षहरूमा सुशिला शेरचन,थमबहादुर छन्त्याल,धनलाल जैसी,सचिव टकबहादुर थापा,कोषाध्यक्ष इन्द्रजित छन्त्याल,सह–सचिवमा छकप्रसाद शेरचन र सदस्यहरूमा क्रमश केशबहादुर गौचन,लेपप्रसाद पुर्जा,गीताकुमारी रावल,खिमबहादुर गुरुङ्ग,धनबहादुर भुजेल,हर्कनारायण घर्तिमगर,हेलेन श्रेष्ठ र लिलकुमारी रोका रहेका छन् । साधारणसभाबाट लेखा समितिको संयोजकमा चित्रबहादुर पुन, सदस्यहरूमा मदन थापा र धनबहादुर छन्त्याल सर्वसम्मत निर्वाचित भएको सहकारीका कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले बताए । साधारणसभाको उद्घाटन गदैं म्याग्दी सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार एवम प्रतिनिधिसभाका सदस्य माननीय खमबहादुर गर्बुजाबाट (खम्वीर)ले काठमाडौंमा भएका म्याग्देलीहरूलाई संगठित भएर वित्तिय कारोबारका लागि स्थापना भएको सहकारीले वित्तियसँगै सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय भएको बताए । प्रतिनिधिसभा सदस्य गर्बुजाले काठमाण्डौमा सञ्चालन भएपनि सहकारीले म्याग्दीका सबै भुगोललाई समेटेर सेयर सदस्यता वितरण गरेर सहकारी अभियानलाई बलियो बनाएको बताए । त्यसैगरी गण्डकी प्रदेशका प्रदेशसभा सदस्य बिमला गौचनले म्याग्दी सहकारीले महिला नेतृत्वका विकासमा उदाहरणिय भूमिका खेलेको प्रति सहकारीको प्रशंसा गरेकी थिईन् । उनले काठमाण्डौमा महिलाको नेतृत्वमा सहकारी संचालन भई वित्तिय सूचकमा अब्बल हुनु ठुलो सफलता भएको बताईन् ।त्यसैगरी गण्डकी प्रदेश सरकारका मुख्य न्यायधिवक्ता चिरिञ्जीवी शर्माले केही सहकारीमा समस्या देखिए पनि म्याग्दी सहकारी संकटबाट मुक्त रहेको र सबै सेयर सदस्यहरुको एकता र सहकार्यले सफलता प्राप्त गरेकोमा खुसी ब्यक्त गरेका थिए । साधारणसभाको अवसरमा धौलागिरी सहकारी समुहका संयोजक याम श्रेष्ठ र सहकारी अभियन्ता डिल्लीराम तिवारीले अहिलेको विषम परिस्थितिमा सहकारी सञ्चालनमा सजक हुनुपर्ने बताए । त्यस्तै संस्थाका बरिष्ठ सल्लाहकार एवम् निर्वाचन समितिका संयोजक डा.ज्योति शेरचनले सहकारीमा ज्ञान सीप र क्षमताका सदस्यहरुको सामुहिक योगदानलाई सधै सम्मान गर्ने गरिएको बताए । वार्षिक साधारणसभाको अवसरमा संस्थापक अध्यक्ष तथा सल्लाहकार एवम प्रतिनिधीसभाका सदस्य खमबहादुर गर्बुजा,गण्डकी प्रदेशसभाका सदस्य बिमला गौचन र गण्डकी प्रदेश सरकारका मूख्य न्यायाधिवक्ता चिरिञ्जीवी शर्मालाई संस्थाको तर्फबाट बधाई सहित शुभकामना पत्र प्रदान गरिएको थियो । अध्यक्ष थदेवी पुनद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार २ हजार भन्दा बढि सदस्य रहेको यस संस्थाको आ.व. २०७९÷८० मा शेयर पूँजीतर्फ ७ करोड ९२ लाख, जगेडा कोषतर्फ ७ करोड ७५ लाख, बचततर्फ ४१ करोड १६ लाख, कर्जा लगानीतर्फ ४२ करोड ८२ लाख र बाँडफाँड योग्य मुनाफा २ करोड ७ लाख अर्थात ९.५ प्रतिशत शेयर लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । २ हजार भन्दा बढी सदस्य रहेको संस्थामा बचत तथा ऋणमा योगदान गरी १ लाखको शेयर खरिद गरेका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. रवि मल्ल, प्रा.डा.हुमबहादुर बरुवाल, डा. दलिप मल्ल लगायत ४० जना सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिएको थियो । बचत तथा ऋणमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो । थदेवी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले र स्वागत भाषण उपाध्यक्ष धनलाल जैसीले गरेका थिए । साधारणसभामा कलाकारले समेत सांगितिक प्र्रस्तुती दिएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०७:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP